डिएनबी, पोखरा न्यूज- २३, माघ ।
पोखरामा नेविसंघ सम्बद्ध विद्यार्थीहरुले बुधवार विरोध प्रदर्शन गरेका छन् ।
नेविसंघले आफ्ना साथीहरुलाई आन्दोलनको क्रममा झुठा मुद्दा् लगाएर थुनामा राखेको भन्दै उनीहरुको निसर्त रिहाइ गराउन माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
पोखरा जनप्रिय बहुमुखी क्याम्पस अन्तर्गत नेविसंघका विद्यार्थीहरुले पक्राउ परेका नेविसंघका विद्यार्थीहरुको रिहाईको माग गर्दै बुधबार सडकमा प्रदर्शन गरे।
त्यसैगरी सोही माग गर्दै पोखरा इन्जिनियरिङ कलेज अन्तर्गतका नेविसंघ विद्यार्थीहरुले सिर्जनाचोकमा केहिबेर चक्काजाम गरेका छन् । संगठनको केन्द्रिय कार्यक्रम अनुसार चक्काजाम गरिएको नेविसंघ सम्बद्ध विद्यार्थी संगठनका नेताले जनाएका छन् ।
सिर्जनाचोकमा गरिएको बिरोध प्रदर्शन तथा चक्काजाममा नेबिसंघ पेकका बर्तमान सभापति मनोज गिरी, पुर्ब सभापति हेमन्त पान्डे, जिल्ला नेता राजिब बान्स्तोला, कास्की जिल्ला निबर्तमान सचीव संघर्स कोइराला, निरोज लामिछाने लगायतका विद्यार्थीनेताहरुले कोणसभालाई सम्बोधन गरेका थिए। नेविसंघले पोखराका अन्य क्याम्पस अगाडि समेत बिरोध प्रदर्शन गरेको जनाएको छ
बिरोध कार्यक्रमा खोइ कहा छ नया युग , निर्मलाको हत्यारालाई फासी दे , भ्रस्टचारी लाई कारवाही गर जस्ता नारा समेत लगाइएको थियो ।
गत शनिवार पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको निशान पिकअप गाडीमा आगजनी गरेको आरोपमा नेविसंघका डिफान भुजेल, पर्शुराम बस्नेत, राजेन्द्र बराल, लक्ष्मी प्रसाद पौडेल र बिनय पौडेल पक्राउ परेका थिए ।