म्याग्दीमा निःशुल्क आँखा जाँच शिविर

पोखरा न्यूज -२४ , माघ ।

म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरस्थित मङ्गला माध्यमिक विद्यालयमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २३५ लाभान्वित भएका छन् ।

म्याग्दी जेसीजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालित आँखा उपचार केन्द्र बेनी, म्याग्दीको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयको आँखा परीक्षण गरिएको हो ।

शिविरबाट तीन विद्यार्थीको आँखामा समस्या देखिएका पहिचान भएपछि आँखा उपचार केन्द्र म्याग्दीमा सिफारिश गरिएको र एक हप्ताभित्रमा पावरवाला चश्मा निःशुल्क वितरण गरिने केन्द्रका प्राविधिक स्वास्थ्यकर्मी दिनेश बानियाँले जानकारी दिए ।

म्याग्दी जेसीजका शाखा अध्यक्ष खम थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा मङ्गला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले औजार हस्तान्तरण गरी शिविरको उद्घाटन गरेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button