प्रतिकुल मौसमको कारण पोखरामा हवाई उडान सहित साहसिक खेल गतिविधि प्रभावित

डिएनबी, पोखरा न्यूज -२४ , माघ ।

प्रतिकुल मौसमका कारण विहिबार पोखरामा हुने हवाई उडानहरु सहित साहसिक खेल गतिविधिहरु प्रभावित भएका छन् । बिहीबार विहानै देखि पानी परी राम्रोसंग आकास खुल्न नसके पछि पर्यटनको मुख्य आकषर्ण साहसिक खेल प्याराग्लाईडिङ, अल्ट्रालाईट लगायतका साहसिक खेल सहित हवाई उडान रद्ध भएको हो ।

बिहीबार प्रतिकुल मौसमका कारण ६ वटा हवाई उडान रद्ध भएको पोखरा विमानस्थल कार्यालयका प्रमुख भोला प्रसाद गुरागाँईले पोखरा न्यूजलाई बताए । उनका अनुसार बिहीबार २२ वटा हवाई उडान मध्य १६ वटा उडान मात्र भए । यति एयरलायन्स र बुद्ध एयरलायन्सको ६ वटा हवाई उडान रद्ध भएका हुन् । यति एयरलायन्सको पोखरा काठमाडौं ३ वटा र बुद्ध एयरलायन्सको पोखरा भैरहवा एउटा र पोखरा काठमाडौंका दुई वटा हवाई उडान रद्ध भएको हो । रद्ध भएको हवाई उडान शुक्रबार अनुकुल मौसम भएको अबस्थामा पहिला हुने त्यस पछि शुक्रबारको फ्लाईट तालिका सबैको डिले डिले हुने भएको प्रमुख गुराँगाईले पोखरा न्यूजलाई जनाए ।

प्रतिकुल मौसमका कारण पोखरा मुस्ताङको हवाई उडान समेत रद्ध भएको छ । तारा र सिम्रिक एयरले दैनिक १-२ वटा हवाई उडान गर्दै आएका थिए । बिहिबार विहानै देखि पानी परी आकास राम्रोसंग खुल्न नसके पछि पोखरामा हुदै आएको अल्ट्रालाईट तथा हेलिकोप्टर उडानहरु समेत रद्ध भएको छ । पोखरामा दैनिक जसो करिब १५-२० वटा अल्ट्रालाईट र हेलिकोप्टरबाट पोखरा सहित हिमश्रृखलाको दृश्यावलोकनको लागि उडान हुदै आउने गरेको छ ।

त्यसै गरी पोखरामा हुने साहसिक खेल प्याराग्लाईडिङका उडानहरु समेत प्रतिकुल मौसमका कारण प्रभावित भएका छन्। पोखरामा दैनिक जसो करिब २ सय ५० पाईलटले ४ सय जना पर्यटकहरुलाई प्याराग्लाइडिङ गराउदै आएको नेपाल प्याराग्लाइडिङ संघ (नेफा) का प्रशिक्षक बालकृष्ण बसेलले पोखरा न्यूजलाई बताए । रद्ध भएका केहि उडान शुक्रबार हुने केहि शुक्रबारकै सेडुल अनुसार हुने उनले जनाए ।

पोखरामा एक दिन प्याराग्लाईडिङ नहुदा करिब २० लाख भन्दा बढीको कारोबा ठप्प हुने गरेको व्यवसायीहरु बताउछन। प्रति जनाले प्याराग्लाईडिङ गरेको ५ हजार देखि ८ हजारसम्म लिने गरेको पाईन्छ । पोखरामा बिर दिनभरी पानी परेसंगै चिसो बढेको छ । पोखरामा अन्य दिनको तुलनामा विहिबार चहल पहल समेत कम भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button