यु–१८ टेनिसमा पुरुषतर्फ जापानका जेनी र महिलातर्फ चाइनाकी लिउलाई उपाधी

पोखरा न्यूज -२५ , माघ ।

पोखरामा सम्पन्न १८ वर्ष मुनिको डिभिजन पाँच आइटीएफ टेनिस प्रतियोगिताको उपाधी जापानका जेनी इनोले जितेका छन् ।

पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा हङकङका केल लोक इन ताङलाई ६–३, ६–० को सोझो सेटमा पराजित गर्दै जेनीले सो उपाधी आफ्नों नाम गराएका हुन् । जितसंगै उनले आइटीएफको ३० अंक प्राप्त गरेका छन् । दोश्रो स्थानमा चित्त बुझाएका इन ताङले १८ अंक प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत महिला एकलतर्फ उपाधी चाइनाकी ले यि लिउ जितिन् । फाइनल खेलमा बुल्गेरियाकी भिक्टोरिया भेलेभालाई ६–३, ६–१ को सेटमा पराजित गदै लिउले प्रथम स्थान हाँसिल गरिन् । उनले पनि आइटीएफको ३० अंक प्राप्त गरिन् भने दोश्रो भएकी भिक्टोरियाले १८ अंक आफ्नों खातामा जोडिन् । पुरुष डबल्सतर्फ भारतका उदयबिर सिंह र फिलिपिन्सका जोसे एन्टोनियो ट्रियाको जोडीले प्रथम स्थान हाँसिल गर्यो ।

जोसे जोेडीले फाइनलमा जर्मनका पाउल अर्मिन अल्बे्रच्ट र अमेरिकाका हानु पटेलको जोडीलाई ६–२, ७–५ को सेटमा पराजित गरे । महिला डबल्सतर्फ चाइनाका लि यु लियु र इतोङ झाङको जोडीले चाइनाकै क्ङ्गिलिन झाङ र जिछुअन जेङको जोडीलाई ६–४, ६–४ को सेटमा पराजित गर्दै प्रथम हुन सफल भए । डबल्सतर्फ प्रथम हुनेले आइटीएफको २५ अंक प्राप्त गरे भने दोश्रो हुने जोडीले १३ अंक प्राप्त गरेका छन् ।

विजयी खेलाडीहरुलाई स्थानिय संयोजनकर्ता कास्की जिल्ला टेनिस संघले मेडल पुरस्कार प्रदान गरेको छ । खेलाडीहरुलाई संघ कास्कीका अध्यक्ष दोर्जे लामा, अग्रज पत्रकार नारायण कार्की, प्रतियोगिता संयोजक सूर्यबहादुर भुजेल, कास्की जिल्ला टेनिस अभिभावक संघका पदाधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए । यसैबिच प्रतियोगिताको सर्किट २ को पूर्वछनौट खेलहरुपनि शुरु भइसकेको संघ कास्कीका महासचिव नविन चालिसेले जानकारी दिए । सर्किट २ को मुख्य प्रतियोगिता सोमबारदेखि शुरु हुने बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button