मनाङलाई पराजित गर्दै क्यामरुनको डफिन्स मनकामना पोखरा कपको फाईनलमा

उपाधि भिडन्त एपिएफसंग

डिएनबी, पोखरा न्यूज -२५ , माघ ।

लिग विजेता तथा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लबलाई सडेन डेथको सिकार बनाउदै पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमली पोखरामा जारी मनकामना केबलकार पोखरा कप २०७५ को फाईनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शनिबार भएको दोश्रो सेमिफाईनल खेलमा क्यामरुनको डफिन्स टिमले मनाङलाई सडेन डेथमा पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफसंग फाईनल खेलमा यात्रा तय गरेको हो । फाईनल खेल आईतबार हुने भएको आयोजक एन्फा कास्कीले जनाएको छ ।

९० मिनेटको निर्धारित समयमा दुबै तर्फ एक-एक गोल र थपिएको २० मिनेटमा दुबै तर्फ गोल हुन नसके पछि खेल टाब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि दुबै तर्फ ४–४ गोल भए पछि खेल निर्णायकको अन्तिम विकल्प सडेन डेथमा पुगेको हो ।

सडनडेथमा मनाङका बिमल रानाको प्रहार गरेको पेनाल्टी सुट क्रसबार माथिबाट बाहिरिन पुग्नु नै दुर्भाग्य बन्न पुग्यो । मनाङका सुरज विकले टाईब्रेकमा प्रहार गरेको पेनाल्टीसुट बारमा लागेर रिवाउण्ड भएको थियो । डफिन्सको लागि वीयीक, एक्वीम, सिलो मार्टिन्स, औरेल एनामी र क्याप्टेन जो एङ्गौलाको पेनाल्टी सुटआउटमा गोल गरे । सडेन डेथमा डफिन्सका जो एङ्गौलाले गोल गरे भने डफिन्सका उभिएमले टाइब्रेकरमा प्रहार गरेको वल पोष्ट माथिबाट बाहिरिएको थियो । पेनाल्टी सुटमा उनले पहिलो सुट प्रहार गरेका हुन् । प्रतियोगितामा पाहुना टोलीका अर्मेल अहन्दा म्यान अफ दी म्याच घोषित भए । उनले ट्रफीको साथमा ५ हजार रुपैयाँ पुरस्कार हात पारे ।

निकै प्रतिस्पर्धात्मक खेलमा ६६ औं मिनेटमा मनाङले पाहुना टोलीलाई उपहार गोल दिदा मनाङले पहिलो पटक पोखरा आएको डफिन्स विरुद्ध जित निकाल्न फलामको चिउरा चपाए सरी कठिन भयो । मनाङका कमल श्रेष्ठले गोल लाईनबाटै बल क्लियर गर्न खोज्दा बलले आफ्नै पोष्टमा गोल हुन पुग्यो । डफिन्सका यान्किकले पोष्टमा चार्ज गरेको बललाई श्रेष्ठले बचाउन खोज्दा गोल भएको हो ।

डफिन्सले १–० को अग्रता लिएको १५ मिनेट बित्न नपाउदै मनाङले कम व्याक गरेको थियो । मनाङका लागि खेलको ८० औं मिनेटमा विदेशी खेलाडी अफिज ओलावालेले गहेड गोल गरे । उनले पहिलो प्रहार गरेको बल विपक्षि गोलरकले पन्च गरी रिवाउण्ड भएको बललाई हेड मार्फत गोल गरेका हुन् ।

कास्की जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार रुपैयाँ पाउने एन्फा कास्की अध्यक्ष मिलन गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button