मेलबर्न स्टार्स बिबिएलको सेमिफाइनलमा, सन्दिपलाई तीन विकेट

पोखरा न्यूज- २७, माघ ।

सिड्नी सिक्सर्सलाई ९४ रनले पराजित गर्दै मेलबर्न स्टार्स बिग ब्यास लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज जित्नै पर्ने दबाबमा रहेको स्टार्सले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १६८ रन बनायो । स्टार्सका लागि कप्तान ग्लेन म्याक्सवेलले शानदार ८२(४३) रनको योगदान दिए भने पिटर ह्यान्ड्सकम्बले ३५ रन बनाए ।

जवाफमा १६९ रन पछ्याएको सिड्नी १३.४ ओभरमा ७४ रनमै अलआउट हुन पुग्यो । स्टार्सका लेग स्पिनरद्वय एडम जाम्पा र सन्दिप लामिछानेले एकआपसमा ५ विकेट बाँड्दै एक रन आउटको मौका पनि सिर्जना गरेपछी टिमले सहज जीत हात पार्यो । जाम्पाले २ तथा लामिछानेले ३ विकेट लिए । म्याक्सवेल आफ्नो अर्धशतकका लागि प्लेयर अफ द म्याच भए ।

जीतसँगै अब मेलबर्न स्टार्सले सेमिफाइनलमा होबार्ट हुरिकेन्सको सामना गर्नेछ भने खेल अघि नै सेमिफाइनल प्रवेश गरेको सिड्नी सिक्सर्सले मेलबर्न रेनेगेड्ससँग खेल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button