पोखरामा फागुन १ गतेदेखि महिला हिसां विरुद्ध आत्मरक्षाका खेलकुद कार्यक्रम हुने

पोखरा न्यूज- २७, माघ ।

समाजमा महिला तथा बालबालिका लक्षित हिसां बढ्दै गएपछि आत्मरक्षाका कार्यक्रमहरु आउन थालेका छन् । पछिल्लो समय निर्मला पन्त हत्या प्रकरण पछि महिला विरुद्धको हिसां रोक्ने कार्यक्रमलाई खेलकुद संग समेत समेट्न खोजिएको छ ।

सो कार्यक्रम पोखरा पनि संचालन गर्न गण्डकी प्रदेश तेक्वान्दो सघंका अध्यक्ष्य जगन गुरुङले जानकारी दिए । कार्यक्रमलाई गण्डकी प्रदेश प्रहरी कार्यलय र नोवाज आर्क स्पोर्टस् साईन्स कलेज लगायतका संस्था आयोजकका रुपमा रहेका छन्।  यहि फागुन १ गते देखि पोखरा रगांशालामा संचालन हुने सो प्रशिक्षण ६ दिने हुने सोहि टिमका प्रशिक्षक डा. नमरजङ्ग गुरुङ्गले जानकारी दिए ।

१३ बर्ष भन्दा माथिका छात्रा एवंम महिलाहरु लाई लक्षित गरी प्रदान गरीने सो आत्म रक्षा प्रशिक्षणमा कोरीयाका प्रसिद्घ प्रशिक्षक रहेको सोहि टिमका प्रशिक्षक डा.गुरुङ्गले जानकारी दिए ।  विशेष गरी ८ कक्षा भन्दा माथिको छात्रालाई लक्षित गरीएको सो प्रशिक्षणले मानव जीवनमा आइपर्ने घटनासंग तत्काल कसरी सामाना गर्ने भन्ने विषयवस्तु समेटिएको छ । सो प्रशिक्षणमा झण्डै चार सय विद्यार्थी सहभागि हुने आयोजक मध्ये जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी उपरीक्षक ओम राना मगरले जानकारी दिए ।

कार्यक्रममा विद्यार्थी बाहेक तेक्वान्दो,बक्सिङ्ग लगायत सबै मार्सलआर्ट खेलसंग सम्बद्ध एक सय प्रशिक्षकहरुलाई प्रशिक्षण दिईनेछ । त्यसका लागि कोरीयाका योमीङ युनिभर्सिटिका पा.डा.लिङ सङ गिल लगायतका ६ जनाको टोली पोखरा आइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button