सातवटै प्रदेशमा सञ्चारग्रामः सचिव गुरुङ

पोखरा न्यूज- २७, माघ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सातवटै प्रदेशमा सञ्चारग्राम स्थापना गरिने बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सञ्चारग्रामका लागि चालू आर्थिक वर्षमा बजेट विनियोजन गरिएकाले स्थापनाको प्रक्रिया थालिएको जानकारी दिए  । सञ्चार सेवाअन्तर्गत हुलाक सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले काम गरिरहेको उनको भनाइ थियो । “आगामी दिनमा हाल सूचना केन्द्रमार्फत भइरहेका काम हुलाकमार्फत गरिनेछ,” उनले भने । पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि मन्त्रालयले सम्बन्धित सञ्चारगृहमा पहल गरिरहेको उनले बताए । कार्यान्वयन नगर्नेलाई सरकारी सुविधाबाट वञ्चित गरिने सचिव गुरुङले बताए  ।

मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले परिवर्तित सन्दर्भमा सञ्चार क्षेत्रलाई कसरी प्रभावकारी बनाउन सकिन्छ त्यसतर्फ मन्त्रालय लक्षित भएको बताए । सहसचिव वीरेन्द्रकुमार मिश्रले इमेल निर्देशिकाबारे जानकारी गराए । उपसचिवद्वय मुकुन्द शर्मा र शिवकुमार पोख्रेलले सञ्चार तथा सूचना प्रविधिको विकासका लागि भइरहेका पहलबारे आ–आफ्ना धारणा राखे । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष शान्ति गुरुङ र जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठले आम सञ्चार नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिए  । गण्डकी प्रदेशअन्तर्गतका सञ्चार तथा सूचना प्रविधिसँग सरोकार राख्ने मन्त्रालयका अधिकारी एवं सञ्चारकर्मीको उपस्थिति रहेको सो अन्तरक्रिया सोमबारसम्म चल्ने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button