एपिएफलाई पराजित गर्दै पहुना टोली क्यामरुनलाई पोखरा कपको उपाधि

उत्कृष्ट खेलाडी एपिएफका नगरकोटी र खेलाडी सम्मानबाट उत्तम तथा उत्कृष्ट पत्रकारबाट पुन सम्मानित

डिएनबी, पोखरा न्यूज- २७, माघ ।

लिगको पाचौं स्थानमा रहेको सशस्त्र प्रहरी बलको एपीएफलाई पराजित गर्दा पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमेली फुटबल क्लबले मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिता २०७५ को उपाधि हात पारेको छ ।

पोखरा रंगशालामा आइतबार भएको फाइनल खेलमा एपीएफलाई १–० झिनो गोल अन्तरले पराजित गर्दै पाहुना टोली फेमेली फुटबल क्लबले उपाधि सहित नगद ७ लाख ५५ हजार हात पार्न सफल भएको हो ।

 

छैटौं संस्करणको उक्त प्रतियोगितामा उपविजेता भएको एपीएफले भने ४ लाख ५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा डफिन्सका यानिक ओवानकले खेलको ५४ औं मिनेटमा गरेको गोल नै  निर्णायक गोल हुन पुग्यो  । अरमेल अहण्डाले पोष्टमा प्रहार गरेको बल एपीएफका सन्तोष कटुवाललाई लागेर फिल्क भएको बललाइ यान्निकले निर्णायक गोल गर्न सफल भएका हुन्। हरेक खेलमा गोल गरेका यानिकले फाईनल खेलमा पनि निर्णायक गोल गर्दा म्यान अफ दी म्याच समेत घोषित भए । शारीरिक रुपमा किनै अग्लो कदका खेलाडीहरु सामु एपिएफका खेलाडीहरुले केहि गोल गर्ने प्रयास गरे पनि अन्ततः क्याम्रुनसंग पराजित हुनु पर्यो ।

जितपछि डफिन्सका क्याप्टेन जो अङगोलाले जितपछि खुसी लागेको प्रतिक्रिया दिए । उनले नेपाली फुटबल कौशल राम्रो रहेको बताए । एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले शारीरिक रुपमा मजबुद भएका क्याम्रुनका खेलाडी विरुद्ध आफुहरुको एउटा मिस्टेकले गर्दा गाोल हुन पुगेर हार्नु परेको बताए । गत माघ १५ देखि सुरु प्रतियोगितामा विदेशी २ सहित १२ टिम सहभागि भएका थिए । वर्षाका कारण निर्धारित फाइनल खेल एक दिन पछि धकेलिएको थियो । प्यारापिट अभावमा पनि शुल्क तिरेरै चौरमै बसेर फुटबल हेर्न दर्शक पोखरा रंगशालामा पुगेका थिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि एपीएफका गोलरक्षक राजु नगरकोटीले घोषित भए । उनले उत्कृष्ट गोलरक्षको उपाधि सहित यामाहाको मोटरसाईकल हात पार्न सफल भए । प्रतियोगितामा उत्कृष्ट डिफेन्डर एपीएफका रमेश दंगाल, मिडफिल्डर मनाङ मस्र्याङ्दीका हेमन गुरुङ, उत्कृष्ट स्ट्राइकर डफिन्सका यान्निक ओवाना, उत्कृष्ट प्रशिक्षक एपीएफका राजेन्द्र तामाङले उपाधि हात पारे । उनीहरुलाई जनही २५ हजार रुपैयाँ पुरस्कार समेत प्रदान गरिएको छ । पोखरा रंगशालामा पहिलो पटक उक्त प्रतियोगितामा सहभागि जनाएको जापानको रिस्सो युनिभर्सिटीको टीम अनुशासित टिम घोषित भयो ।

विजेतालाई खेलाडीहरुको टीमलाई अखिल नेपाल फुटवल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा उपाध्यक्ष कृष्ण थापा, आयोजक एन्फा कास्की अध्यक्ष मिलन गुरुङ, प्रतियोगिता संयोजक हरि खड्का, सहारा क्लबका निवर्तमान अध्यक्ष विरभद्र आचार्य, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक लगायतले पुरस्कार हस्तान्तरण गरे ।

यसैबीच, एन्फा कास्कीले प्रतियोगिता समापनको अवसरमा उत्कृष्ट फुटबल खेलाडीको रुपमा उत्तम गुरुङलाई पुरस्कृत गरेको छ । फुटबल खेलकोे विकासमा उल्लेखनिय रुपमा योगदान दिएको भन्दै उनलाई सम्मानको साथमा स्कूटर पुरस्कार प्रदान गरिएको एन्फा कास्कीका महा-सचिब रमेश कार्कीले जनाए ।

त्यसै गरी खेलकुदको विकासमा उल्लेखनिय रुपमा योगदान पुराएको भन्दै एक जना पत्रकारलाई समेत सम्मान गरिएको छ । फोटो पत्रकार उमेश पुनलाई नगद २५ हजार सहित सम्मान गरियोको एन्फा कास्कीले जनाएको छ । खेलकुद पत्रकार मञ्च कास्की सदस्य समेत रहेका पुन लामो समयदेखि फोटो पत्रकारितामा क्रियाशील छन् । एन्फा कास्कीले फुटबल विकासमा लामो समयदेखि योगदान दिएको भन्दै नेपाल सेभेन ए साईड फुटबल महासंघका अध्यक्ष नवीन पुनलाई समेत सम्मान गर्यो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button