पोखरामा जारी विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा दुई खेल सम्पन्न

पोखरा न्यूज- २८, माघ ।

कास्की जिल्ला क्रिकेट संघको आयोजना, नेप्लिज इनकाउण्टर्स एजुकेशन प्रालिको मुख्य प्रायोजन तथा ह्वाईवरी इभेण्ट म्यानेजमेन्टको व्यवस्थानमा पोखरा रंगशालामा जारी विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा दुई खेल सम्पन्न भएका छन् ।

प्रतियोगितामा सोमबार भएको खेलमा प्रतिभा र हिमालन बोर्डिङ स्कुलले जितेका छन् ।  सोमबार पोखरा रंगशालाा क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा प्रतिभाले पाष्कल एकेडेमीलाई ४ विकेटले पराजित गरेको हो । अर्को खेलमा हिमालयन बोर्डिङले नेपाल भारत मैत्री विद्यालयलाई २८ रनले पराजित गर्यो ।

टस जितेर व्याटिङ गरेको पाष्कलले १९.२ ओभर खेल्दै ८६ रन बनायो । किरण पौडेलले २८ रन जोडे । उनले ५ चौका प्रहार गरे । गोविन्द पौडेलले १५ रन बनाएका थिए । अरु खेलाडीले दोहोरो अंकको रन बनाउन भने सकेनन् । प्रतिभाका रोशन न्यौपाने र उदय थापाले ३-३ विकेट लिएका थिए ।

 

८७ रनको लक्ष्य पछ्याको प्रतिभाले १८ ओभर खेल्दै ६ विकेटको क्षतिमा पुरा गर्यो । अन्जन केसीले १२ बलमा एक चौका र एक छक्का हान्दै १५ रन जोडे । शुशिल तिवारीले २ चौका हान्दै १२ रन जोडे । तर अधिकांश बलरले वाईडमा रन दिएपछि प्रतिभाले सजिलै जित्यो । खेलमा पाष्कलका बलर उदय थापा जे ४ स्पोर्टस म्यान अफ दि म्याच घोषित भएको ह्वाई वरी इभेण्ट म्यानेमेन्ट प्रालिका निर्देशक विधान श्रेष्ठले बताए ।

हिमालयन बोर्डिङले टस जितेर व्याटिङ रोज्यो । २० ओभर पुरै खेल्दै १०४ रन बनायो । आदित्य थापाले २९ रन बनाए । अमन थापाले १७, मनोज थापाले नटआउट १७ रन हिर्काए । प्रतिक गुरुङले पनि दोहोरो अंकको रन जोड्ने क्रममा १२ रन ठोके । बलिङ तर्फ नेपाल भारतका हुजेफ असिनले २ विकेट लिए ।

१०५ रनको लक्ष्य पछ्याएको नेपाल भारत मैत्री विद्यालय भने ७६ रनमा अलआउट हुन पुग्यो । कृष्ण कुमारले २१ रनको योगदान गरे । हुजेफ असिन र नितिश कुमारले ११-११ रन जोडे । नेपाल भारतलाई सस्तैमा समेट्ने क्रममा आदित्य थापाले ३, सप्रिन मल्लले ३ र अमन थापाले २ विकेट लिए । खेलमा अदित्य जे ४ स्पोर्टस म्यान अफ दि म्याच घोषित भएको ह्वाई वरी इभेण्ट म्यानेजमेन्ट प्रालिका निर्देशक विधान श्रेष्ठले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button