पोखरातर्फ आउदै गरेको बस तनहुँमा दुर्घटना हुँदा ७ घाइते

पोखरा न्यूज – २८, माघ ।

तनहुँमा सोमबार यात्रुबाहक बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

बिरगञ्जबाट पोखरातर्फ आउदै गरेको ना ५ ख ६०९६ नम्बरको बस तनहुँको म्याग्दे गाउँपालिका -२ माथिल्लो गुणादीमा दुर्घटना हुँदा बसमा सवार ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट अन्दाजी ५ मिटर तल खसेर दुर्घटना भएको चार नम्बर प्रदेश प्रहरी कार्यालयका पोखराका प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए । पुरीका अनुसार घाइतेहरुलाई उपचारको लागि रत्नहरी अस्पताल दमौली पठाइएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button