आठौं खेलकुदका लागि फागुन ३ गते बाट गण्डकी प्रदेश स्तरिय छनोट शुरु

पोखरा न्यूज- २८, माघ ।

आठौं राष्ट्रिय खेलकुदका लागि यहि फागुन ३ गते बाट गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता शुरु हुने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले जनाएको छ ।

पोखरा रंगशालामा फागुन ४ गते औपचारिक उद्घाटन गरि शुरु हुने छनोट प्रतियोगिताका लागि विभिन्न जिल्लाहरुलाई समेत तोकिएको पश्चिमाञ्चल क्षेत्रिय खेलुकद समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले जनाएका छन । प्रतियोगिताका लागि म्याग्दी, बाग्लुङ, कास्की, नवलपुर, तनहुँ र चितवनमा समेत छनोट गर्ने गरि खेल तालिका र स्थान क्षेत्रिय खेलकुदले सर्वाजनिक गरेको छ ।

क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण योगीका अनुसार छनोट प्रतियोगितामा कूल २७ खेलहरुका छुट्टा–छुट्टै इभेन्ट्सहरु हुनेछन भने ८ वटा खेलहरुका सोझै संघ मार्फत छनोट गर्ने गरि प्रवन्ध मिलाइएको प्रमुख योगीले बताए । साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाइडिङ, गल्फ, सफ्ट टेनिस, शारिरिक सुगठन र कुस्तीका खेलहरु केही राष्ट्रिय र केही संघले सोझै छनोट गर्ने गरि मिलाइएको छ ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा करिव २७ दिन सम्म हुने छनोटका लागि खेलाडी, निर्णायक र व्यवस्थापक गरि २ हजार ८ सय ५६ जनाको सहभागिता रहने कार्यालय प्रमुख योगीले जानकारी दिएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button