पोखराको अर्मलामा सम्पन्न पर्वतिय दौडको उपाधि गोरखाका बानियालाई

पोखरा न्यूज- २९ माघ ।

पोखरा १६ स्थित अर्मलामा सम्पन्न छैटौ संस्करणको पर्वतिय दौडको उपाधि गोर्खाका कल्याण बानियाले हात परेका छन् ।

१० किलो मिटरको पहाडी बाटोको दुरीउनले ४४.१७ मिनेटमा पुरा गर्दै मेडर र प्रमाणपत्र सहित नगद १५ हजार प्राप्त गरे । यसै गरि ओखलढुँङाका शुवास कार्कीले उक्त दुरी ४४.३८ मिनेटमा पुरा गरे । उनले प्रमाणपत्र र मेडल सहित नगद १० हजार र रुकुमका राज बुढाले ४४.५६ मिनेटमा दुरी पार गर्दै तेस्रो भए । बुढाले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र पाएका थिए ।

श्रीपंचमीका अवसरमा अर्मलामा लाग्ने विशेष मेला तथा अन्य खेलकुदमा पुरुष भलिबल तर्फ लेब्री परिवार प्रथम हुँदै नगद ५० हजारका साथमा रनिङ कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरि पोखरा भलिबल ट्रेनिङ सेन्टरले दोश्रो स्थान हासिल गर्दै नगद २५ हजारका साथमा मेडल, कप र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजयी टिम तथा खेलाडीलाई गण्डकी प्रदेश सांसद द्वय कृष्ण थापा र सांसद मिना गुरुङले नगद, मेडल र प्रमाणपत्र वितरण गरेक थिए । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम लगाएत पराम्परागत खेल छेलो फाल्ने लगाएत अन्य कार्यक्रमहरु गरिएको आयोजक दुर्गा युवा क्लबका सचिब अन्तिम गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button