पोखराको लेकसाइडमा बालकको हत्यामा संलग्न हत्यारा पक्राउ

डिएनबी, पोखरा न्यूज – २९, माघ ।

पोखराको लेकसाइडमा १४ बर्षीय एक बालकको हत्या गरेको आरोपमा  एक जना पक्राउ परेका छन्। उक्त घटनमा संलग्न वेनी काले भन्ने व्यत्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य श्रोतका अनुसार उनी उक्त घटनामा संलग्न हुने मुख्य व्यत्ति हुन्। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा अन्य  केहीलाई नियन्त्रमा लिएर सोधपुछ समेत गरिरहेको छ ।

मादक पदार्थ सेवन गरेर सामान्य विवाद पछि हत्या भएको बताइएको छ । पाल्पा स्थायी घर भइ लेकसाइडमा बस्दै आएका सचिन सिन्जालीको हल्लनचोकमा निमार्णधिन अबस्थामा रहेको एक भवन भित्र  मंगलबार उनको हत्या भएको हो ।

बालकका बाबु गोबिन्द सिन्जालीले लेकसाइडकै शान्ति पाटनमा फ्रेसहाउस संचालन गर्दै आएका छन् । बाबु गोबिन्दले बालक प्राय उनकी आमासँग हल्लनचोकमा बस्ने गरेको र दिनको एक पटक आफ्नो पसलमा आउने गरेको बताए । ‘हिजो बिहान मेरो पसलमा आएको थियो बिहान १० बजेसम्म म संगै थियो राति यस्तो घटना घटेछ’- उनले दुखित हुदै भने ।

छोरा आफुसँग बस्ने नगरेको र पहिले हजुरआमा बस्ने गरेको बताउदै बाबु गोबिन्दले प्राय आमासंगै बस्छु भनेर भन्ने गरेको र कहिले साथीहरुसँग सुत्छु भन्ने गरेको बताए । उनले आफ्नो श्रीमती सँग बोलचाल नभएको १२ बर्ष भएको बताउदै छोरा आफु सँग पैसा माग्न जाने गरेको बताए । उनले आफ्नो छोराको हत्यामा संलग्नलाई कडा काण्ड कडा कारबाही गर्न माग गरेका छन् । गोबिन्दका २ छोरा मध्ये सचिन कान्छा छोरो हुन् ।

घटनापछि बालककी आमा सुनिता मगर भावबिहल भएकी छन् । उनि बोल्न सक्ने अवस्थामा छैनन् । आमा सुनिताले लेकसाइडको हल्लनचोकमा अनन्तरा स्पा संचालन गर्दै आएकी छन् ।

बालकको शब् पोस्टमार्टमका लागी पोखरा  स्वास्थय बिज्ञान प्रतिष्ठानमा राखिएको छ ।

यो पनि पढ्नुहोस्

पोखराको लेकसाइडमा १४ बर्षीय बालकको घाटी रेटेर हत्या

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button