पोखरामा मंगलबार सम्पन्न टी–२० क्रिकेट प्रतियोगितामा टप्स र जनप्रिय मावि विजयी

पोखरा न्यूज- २९, माघ ।

कास्की जिल्ला क्रिकेट संघको आयोजना, नेप्लिज इनकाउण्टर्स एजुकेशन प्रालिको मुख्य प्रायोजन तथा जे ४ स्पोर्टसको सहप्रायोजन एवं ह्वाई वरी इभेण्ट म्यानेजमेन्टको व्यवस्थापनमा आयोजित विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा टप्स मावि र दोस्रो खेलमा जनप्रिय मावि विजयी भएका छन् ।

मंगलबार भएको खेलमा टप्सले हिमाञ्चल बोर्डिङलाई सुपर ओभरमा पराजित गरेको हो । सुपर ओभरमा ९ रनको लक्ष्यलाई टप्सले एक बल बाँकी रहदाँ पुरा गरेको थियो । बसन्त गुरुङले ओभरको पाँचौ बलमा चौका हन्दै विजय बनाए । मेखबहादुर सेनले १ रन जोडे ।

टस हारेर व्याटिङ गर्न आएको टप्सले मौसम गुरुङ र बसन्त गुरुङको १४-१४ रनको योगदानमा ८६ रन बनाउने क्रममा सबै विकेट गुमायो । विनय गर्बुजाले ११ रन बनाए । हिमाञ्चलका बलरले सस्तैमा समेट्ने क्रममा सुभम ढकालले ३ विकेट लिए । सफल खड्काले पनि ३ विकेट आफनो नाममा लेखाए र आरोन श्रेष्ठले २ विकेट लिदै टप्सलाई १३ ओभर ५ बलमा समेटिदिएको थियो ।

८७ रन पछ्याएको हिमाञ्चल बोर्डिङले अमृत गुरुङको १६ र आरोन श्रेष्ठको १० रनको योगदानमा ८६ रन बनाउँदा २० ओभर पुरै खेल्यो । टप्सका विनय गर्बुजाले ३ विकेट लिए, सुजन गुरुङ र मेखबहादुर सेनले दुई -दुई विकेट लिए । खेलमा जे४ स्पोर्टस म्यान अफ दि म्याच भने विनय गर्बुजा घोषित भए ।

अर्को रोमान्चक खेलमा जनप्रिय माविले अमरसिंह माविलाई २ रनले पराजित गरेको छ । पूर्णबहादुर जि.टीको ३८ रनको योगदानमा जनप्रिय माविले ९ विकेटको क्षतिमा १४३ रन बनाउन सफल भयो । सुभाष मगरले २९ रन र मौसम क्षत्रीले पनि १८ रनको योगदान गरे । किरण सुवेदीले ३ विकेट मुनाल तिमिल्सिनाले २ विकेट लिए ।

पूर्णबहादुर जि.टीको ३८ रनको योगदानमा जनप्रिय माविले ९ विकेटको क्षतिमा १४३ रन बनायो । पुरै ओभर खेल्ने क्रममा जि.टीले ३८ रन हिर्काए । सुभाष मगरले २९ रन हान्दै महत्वपूर्ण इनिङ्स खेले । मौसम क्षत्रीले पनि १८ रनको योगदान गरे । किरण सुवेदीले ३ विकेट मुनाल तिमिल्सिनाले पनि ४ ओभरमा ३१ रन खर्चिएर २ विकेट लिए ।

१४४ रनको लक्ष्य पछ्याएको अमरसिंह मावि भने १४१ रनमा रोकिन पुग्यो । समिर पराजुलीले २७ रनको योगदान दिएपनि जितसम्म डोहोर्याउन भने सकेनन् । उनले २८ बल खेल्दै ४ चौका हिर्काए । अच्युतराज घिमिरले १९ रन बनाउने क्रममा १८ बल खेल्दै ३ चौका प्रहार गरेका थिए । नविन त्रिपाठीले पनि २० बलमा १३ रन जोडे । दुई चौका उनको नाममा लेखियो । जनप्रियका पूर्णबहादुर जि.टीको अलराउण्डर प्रदर्शन रह्यो । उनले चार विकेट लिने क्रममा १४ रन खर्चिए । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button