पोखरामा बालकको हत्यामा संलग्न बेनि काले सार्वजनिक : केटीसंगै बसेर मापसे, विवाद पछि हत्या (घटना विवरण)

डिएनबी, पोखरा न्यूज- २९, माघ ।

केटीको बिषयमा विवाद भएपछि पोखरामा एक बालकको हत्या भएको छ । केटीसंगै बसेर मादक पदार्थ सेवन गरी केटीकै बिषयमा एक आपसमा विवाद उत्पन्न भए पछि पोखरामा पाल्पाका १४ बर्षीय सचिन सिन्जालीको मुत्यु भएको प्रहरीले जनाएको छ ।

पर्वतको मल्लाज बस्ने २१ बर्षीय बेनि काले भनिने कुमार गर्बुजाले बालकको हत्या गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले उक्त घटनाकोबारे मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराउर्दै उक्त घटना केटीको बिषयमा मादक पदार्थ सेवन गरी एक आपसमा भनाभन पछि हत्या भएको जनाएको हो। उक्त घटनामा संलग्न भएका बेनी कालेलाई प्रहरीले घटना भएको केहि घण्टामै निणन्त्रणमा लिएर केरकार गर्दा हत्या गरेको स्विकारेको कास्कीका प्रहरी प्रमुख एस.पी. ओम बहादुर रानाले बताए ।

सोमबार दिउसो करिब १५ बर्षकी सुनिता गुरुङ सहित तीन जना संगै मादक पदार्थ सेवन गरेको र पछि सुनिता पृथ्बीचोक तर्फ लागे पछि केटीको बिषयमा भनाभन भएसंगै आफुलाई सिंजालीबाट पहिला खुट्टामा चक्कु प्रहार गरे पछि सोही चक्कु खोसेर उनलाई घाटीमा रेटेर छाडेको अभियुक्त सिंजालीले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

पाल्पा रम्बापानी गाँउपालीका घर भइ लेकसाइड शान्ति नगरमा बस्दै आएका १४ बर्षीय सिन्जालीको हल्लनचोकमा निमार्णधिन अबस्थामा रहेको एक भवन मुनि मंगलबार करिब २ः३० बजे प्रहरीले उनलाई मृत अबस्थामा भेटेको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख नवीन कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलको अनुसन्धान सुरु गरेको केहि घण्टामा अभियुक्त पक्राउ गरेसंगै अन्य अभियुक्तहरु १० घण्टा भित्रै आफ्नो नियन्त्रणमा लिन सफल भएको कास्की प्रहरीले जनाएको छ ।

बालकका बाबु गोबिन्द सिन्जालीले लेकसाइडकै शान्ति पाटनमा फ्रेसहाउस संचालन गर्दै आएका छन् । बाबु गोबिन्दले बालक प्राय उनकी आमासँग हल्लनचोकमा बस्ने गरेको र दिनको एक पटक आफ्नो पसलमा आउने गरेको बताए । उनले भने “हिजो बिहान मेरो पसलमा आएको थियो बिहान १० बजेसम्म म संगै थियो, एक्कासी यस्तो घटना घटेछ, घटनामा दोषी उपर कारवाही गर्न माग गर्छु । ”

छोरा आफुसँग बस्ने नगरेको र पहिले हजुरआमा बस्ने गरेको बताउदै बाबु गोबिन्दले प्राय आमासंगै बस्छु भनेर भन्ने गरेको र कहिले साथीहरुसँग सुत्छु भन्ने गरेको बताए । उनले आफ्नो श्रीमती सँग बोलचाल नभएको १२ बर्ष भएको जनाए । गोबिन्दका २ छोरा मध्ये सचिन कान्छा छोरो हुन् । बालककी आमा सुनिता मगर उक्त घटना सुन्न साथ भावबिहल भएकी छन् । आमा सुनिताले लेकसाइडको हल्लनचोकमा अनन्तरा स्पा संचालन गर्दै आएकी छन् । यस अघि पोखराको पालिखेचोकमा सडक पेटिमा बस्ने एक जना व्यक्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । उक्त घटनामा संलग्न व्यक्तिको भने हालसम्म प्रहरीले पक्ता लगाउन सकेको छैन्।

घटना विवरण

घटनास्थलमा मुख्य अभियुक्त कुमार गर्बुजा, मोटे भनिने सुसान्त परियार, डल्ली भनिने १५ बर्षीया सुनिता गुरुङ दिउसो ४ बजे तिर रक्सी पिएका र सोही समयमा मृतक गोरे भनिने सचिन सिंजाली आएर उनीहरुसंग रक्सी पिएको प्रहरीले जनाएको छ । करिब ४ः३० बजेको समयमा सेन्टरपोईन्ट भित्र मृतक सचिन, कुमार र सुनिता गुरुङ ले एक सय को छ्याङ खान गएको मुख्य अभियुक्त गर्बुजाले प्रहरीलाई दिएको बयानमा उल्लेख गरिएको छ ।

त्यसैगरी ५ बजे देखि ७ बजेसम्म सेन्टरपोईन्टमा पैसा माग्न बसेको, बेलुका ७ बजे देखि ९ बजेसम्म क्याम्पिङ चोकमा बाहुन भनिने बुद्ध रिजालसंग भेटि मुख्य अभियुक्त सिंजाली टहलिएको । ९ बजे त्यहाँबाट निस्की पुन मृतक सचिन, कुमार, सुनिता, सुसान्त र घटनास्थल सुकदेव पुगेसंगै डेनड्राईट सुग्दै बसेको प्रहरीले जनाएको छ । सोही क्रममा सुनितासंग सचिन बोलेको र विबाह गर्ने कुरा गरेको उक्त कुरा सुने पछि मूख्य अभियुक्तलाई भित्र भित्र आफ्नो गर्ल फ्रेन्डसंग त्सस्तो कुरा गर्दा जलन भई कुमारले मनमा म केही गरेर देखाउछु भन्ने सोचेको कुरा उनले प्रहरीलाई यसरी बयान दिएका हुन्।

सुनिता १०ः३० बजेतिर पृथ्वी चोकतिर सुत्न भनी गएकी त्यस पछि कुमार, मृतक सचिन, सुशान्त, सुकदेव माग्न भनि बिजिबि अगाडि गएको र पैसा मागेको त्यस पछि मध्य राति १२ बजे बजे तिर पुन सुत्ने स्थान (घटनास्थल) पुगी २ बोतल बियर र एउटा स्याउको रक्सी (बटारे) पिउन शुरु गरेको । २ जना बालकहरुलाई तिमिहरु सुत भनी सुत्न लगाएको तर उनीहरु भने ननिदाई बसेको त्यसै क्रममा कुमार र सचिन बिच पुन केटीको (सुनिता) को विषयमा बादबिवाद हुँदा सचिनसँग भएको सानो हाते चक्कु निकाली अभियुक्त कुमारलाई खुट्टामा प्रहार गरी घाईते बनाएको र कुमारले चक्कु खोसी घोप्टो पारी घाटि सेरेको प्रहरीले जनाएको छ । चक्कुले पेट र ढाडमा २ र ३ पटक प्रहार गरी करिव १२ः४५ बजे फरार भएका २ जना बालकहरु पनि डरले कुमार संगै डरले काप्दै भागेको बताईन्छ ।

मुख्य अभियुक्त गर्बुजाले ट्याक्सी रिजर्व गरी पृथ्वी चोकमा झरी शान्तीवन बाटिका जाने बाटो भित्र चक्कु ढुंगाले छोपी पुन पृथ्वी चोकमा फर्केको र २ जना बालकहरुलाई त्यही छाडि पुन कुमार घटनास्थल हेर्न भनी करिव २.१५ बजे ट्याक्सी मै आएको उनलाई मरेको देखेपछि उत्तानो बनाई सुताई बाहिर निस्की ट्याक्सी रोकी प्रहरीलाई खबर गर्न भनेको कास्की प्रहरीले जनाएको छ ।

पछी एक ट्याक्सी चालकले सेन्टरपोईन्टमा आई प्रहरीलाई एक सयमा खबर गरेको त्यस पछि प्रहरीले घटनास्थल सुरक्षित राखी अनुसन्धान थालेसंगै प्रहरीले २९ गते बिहान बेनी कालेलाई लेकसाईडबाट समातेको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरीले सुकदेवलाई बराहीघाटबाट र सुशान्तलाई न्युरोडबाट समातेको जनाएको छ । उनीहरुको उक्त घटनामा संलग्नताको बिषयमा बैदाम प्रहरीको सिसि क्यामेरा समेत कैद भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

पोखराको लेकसाइडमा बालकको हत्यामा संलग्न हत्यारा पक्राउ

पोखराको लेकसाइडमा १४ बर्षीय बालकको घाटी रेटेर हत्या

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button