एक करोडको लागतमा तनहुँको दुलेगौंडामा युआरएलको शाखा, अब रगत सम्बन्धि सम्पूर्ण परिक्षण दुलेगौंडामै

खराब बोसो र थाइराइड सम्बन्धि निशुल्क रक्त परिक्षण शिविर सहित फागुन १८ मा मन्त्रि गुरुङले शाखा उद्घाटन गर्ने

पोखरा न्यूज – ०१ , फागुन ।

पोखराको सभागृहचोकमा प्रधान कार्यालय रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले आफ्नो दोश्रो शाखा तनहुँ शुक्लगण्डकी नगरपालिकाको दुलेगौंडामा बिस्तार गरेको छ ।

गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युआरएलले मंगलबारदेखी दुलेगौंडा शाखाबाट सेवा दिन सुरु गरेको युआरएलका प्रवन्ध निर्देशक ठाकुर प्रसाद पन्तले जानकारी दिए ।

प्रवन्ध निर्देशक पन्तका अनुसार करिव १ करोडको लगानीमा युआरएलले दुलेगौंडा बजारमा शाखा संचालनमा ल्याएको हो । शाखामा ५ जना दक्ष जनशक्ति रहेको र रगतमा हुने सम्पूर्ण परिक्षण दुलेगौंडामै हुने उनले जनाए ।

दुलेगौंडा, बेलचौतरा, खैरेनीटार, ढोरफिर्दी, भिमाद, थर्पु लगायतका स्थानमा रहेका सेवाग्राहीलाई रक्त परिक्षणको लागि पोखरा आउनुपर्ने झन्झटबाट मुक्त पार्दै सहज ढंगले अन्तर्राष्ट्रिय स्तरको सेवा दिन आफूहरूले शाखा स्थापना गरेको पन्तको भनाई छ ।

शाखाको औपचारिक उद्घाटन भने खराब बोसो र थाइराइड सम्बन्धि निशुल्क रक्त परिक्षण शिविर सहित फागुन १८ मा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले गर्ने तयारी भएको प्रवन्ध निर्देशक पन्तले बताए ।

मानिसलाई रोग लाग्नुभन्दा अघि नै सचेतना र सेल्फ टेस्टबाट स्वस्थ्य बनाउन युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा निशुल्क रक्त शिविर आयोजना गर्दै आएको उनले बताए । ५ वर्षअघि स्थापना भएको युआरएलले ३२ जनालाई प्रतक्ष्य रोजगार दिदै आएको समेत प्रवन्ध निर्देशक पन्तले जनाए ।

युआरएलले यस अघि करिव डेढ बर्ष अगाडी देखी तनहुँकै दमौली अस्पताल अगाडिबाट आफ्नो पहिलो शाखा संचालानमा ल्याइसकेको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button