फेवातालबाट पहिलो चरणमा ३५ हजार घन मिटर माटो निकालियो

डिएनबी, पोखरा न्यूज- ०२ फागुन ।

पोखराको मुख्य पर्यटकीय स्थल फेवातालको बंगलादी क्षेत्रबाट पहिलो चरणमा ३५ हजार घनमिटर ढुंगा, माटो निकालिएको छ ।

फेवाताल संरक्षणको अभियान अन्तर्गत करिब दुई साता अघि फेवातालको माटो निकाल्ने कार्य सुरु गरेको पोखरा महानगरपालिकाले पहिलो चरणमा ३५ हजार घनमिटर ढुंगा, माटो निकालिएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए । फेवाताल संरक्षण अभियान अन्तर्गत तालको भागमा खहरेखोलाले ल्याएको ढुंगा, माटो निकाल्ने कार्यमा स्थानिय र गण्डकी प्रदेश दुई तहका सरकारको पहलमा उक्त ढुंगा माटो निकालिएको हो । निकालिएको उक्त ढुंगा, माटो क्याम्पिङचोक र केदारेश्वर मन्दिरको क्षेत्रमा व्यबस्थापन गरिएको मेयर जिसीले बताए ।

सर्वाेच्व अदालतले फेवाताल संरक्षण गर्नु भनि स्थानिय तहलाई दिएको निर्देशन पालना गर्न पोखरा महानगरपालिकाले उक्त अभियान सुरु गरेको मेयर जिसीले बताए । फेवातालमा खहरेखोलाले लगेर थुपारेको ढुंगा, माटो निकाल्ने कार्यलाई निरन्तरता दिने उनले जनाए ।
पोखरा महानगरपालिका फेवाताल संरक्षण आयोजना प्रमुख ई.महेन्द्र गोदारले फेवातालमा करिब ८ हजार ५ सय रोपनी क्षेत्रफल पानीको भाग रहेको बताए ।

महानगरले यस बर्ष फेवाताल संरक्षणको लागि ७ करोड बजेट विनियोजन गरेकोले तालसंरक्षण अभियान अन्तर्गततालको माटो निकाल्ने, चेक ड्याम बनाउने, फोहोर बस्तु तालमा मिसावट हुने कार्यलाई नियन्त्रण गर्ने लगायतका काम गर्ने भएको बताए । फेवाताल २१ टिमरसम्म गहिराई रहेको उनले जनाए ।

फेवातालको करिब २० हजार रोपनी क्षेत्रफलबाट हाल १२ हजार रोपनी क्षेत्रफलमा खुम्चिन पुगेको पोखरा उपत्यका नगरविकास समितिका पुर्व अध्यक्ष विश्वप्रकाश लामिछानेले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button