ढुंगा, गिटी र वालुवा उत्खननमा कम्युनिष्ट र काँग्रेसका कार्यकर्ता नै नयाँ डन बनेर आए : मुख्य मन्त्री गुरुङ

टाइसुट लगाउदैमा स्मार्ट सिटी नबन्ने तर्क

दीननाथ बराल 
पोखरा न्यूज- ५, फागुन ।

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले ढुंगा, गिटी, वालुवा उत्खननमा नयाँ डनको रुपमा कम्यिुनिष्ट र कागेंसका पार्टी कार्यकर्ताहरु आएको बताएका  छन्।

आइतबार पोखरामा आयोजना भएको जिल्ला स्तरीय समन्वय तथा समीक्षा बैठकमा वोल्दै मुख्य मन्त्री गुरुङले स्थानिय निकायमा जथभावी रुपमा ढुंगा, गिटी, वालुवा उत्खनन भएकोमा चिन्त्ता व्यक्त गर्दै पहिला घोषित डनहरु भए पनि हाल दुई ठुला  पार्टी कार्यकर्ताहरु नयाँ डनको रुपमा आएको  दाबी गरेका हुन्।

उनले भने “हिजो केही घोषित डनहरुले यस्ता प्राकृतिक श्रोतहरु माथि दोहन गर्थे तर अहिले खुलेआम नयाँ डनहरुको रुपमा कम्युनिष्ट पार्टीका कार्यकता र काँग्रेसका पार्टीका कार्यकर्ताले  ढुंगा, गिटी, वालुवामा अनियमित ढंगले प्राकृतिक दोहन गरेकाछन्, अब यसलाई स्थानिय निकायले रोक्नुपर्यो ।  “

केहि स्थानिय निकायमा यस्ता डनहरुलाई प्रोत्साहन गरेको प्रहरीबाट सुचना आएको समेत उनले उल्लेख गरे । ” मुख्य मन्त्री गुरुङले स्थानिय निकायमा जथभावी रुपमा ढुंगा, गिटी, वालुवाको दोहन र  त्यसमा भएको अनियमिततालाई रोक्न निर्देशन दिदै गणतन्त्रको नाममा कसैले लुट्ने अधिकार नपाएको बताए । उनले भने “यसमा गाँउपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षज्यूहरु, महानगरका प्रमुख, उपप्रमुख र स्थानिय कर्मचारी तथा स्थानिय बासिहरु पनि  अब गम्भिर हुनुपर्छ र  अनियमित ढंगले हुने गरेको क्रियाकलाप तत्काल रोक्नुपर्छ ।”

आगामी ५ बर्षमा गण्डकी प्रदेशका स्थानिय जनताको  प्रतिव्यक्ति आय १ हजार २ सय ५० अमेरीकी डलर हुने गरी आर्थिक विकास गर्नु पर्ने उनको भनाइ थियो । यस अघि प्रदेश सरकारले आगामी ५ बर्षमा प्रति व्यक्ति आय २ हजार ५ सय अमेरीकी डलर आम्दानी हुने गरी आर्थिक बृद्धिदर बढाउनु पर्नेमा जोड दिएको थियो । बजेट कार्यान्वयनमा  अझै पनि समस्या रहेको उल्लेख गर्दै मुख्य मन्त्री गुरुङले समयमै बजेट खर्च गर्ने गरी अघि बढ्न सवै स्थानिय निकायहरुलाई आग्रह समेत गरे ।

सांसदहरुलाई ४ करोड विकास बजेट दिने केही प्रदेश सरकारको निर्णयको खरो रुपमा बिरोध गरेका मुख्य मन्त्री गुरुङले यस्तो बजेटले भ्रष्टचार हुने र बजेट कनिका छरेझै हुने जसबाट दिगो विकास नहुने दाबी गरे । विकासको नाममा सांसदलाई दिने बजेटले उनका कार्यकर्ताहरुलाइ खुसि पार्न मात्र काम हुने उनको भनाई थियो ।

मुख्य मन्त्री  गुरुङले स्मार्ट शब्दको अर्थ राम्रोसंग नबुझ्नेहरुले स्मार्ट सिटी  र गाँउको कुरा गर्नु उचित नभएको टिप्पर्णी गर्दै उनले स्मार्ट सिटी हुन २४ सै घण्टा आधारभुत सेवा उपलब्ध हुनु पर्ने बताए । उनले भने “ स्मार्ट गाँउ, स्मार्ट सिटी  टाइसुट लगायर, बिद्युतीय मेसिनमा हाजिर गरेर मात्र स्मार्ट वन्दैन, स्मार्ट वन्न कुनै व्यक्तिले चाहेको आधारभुत सेवा २४ सै घण्टामा उपलब्ध हुनुलाई स्मार्ट सिटीको रुपमा लिन सकिन्छ, जहाँ वातावरण मैत्रि, हरियाली पार्क लगायतका सेवा सुविधा हुनु पर्दछ । ”

अन्नपुर्ण गाँउपालिकाका प्रमुख युवराज कुवंरले केहि जनप्रतिनिधिहरुले आफै ठेकेदार हुदै ढुंगा, गिटी, वालुवाको ठेक्का लिने र आफै डोजर समेत संचालन गरेकोले आफुहरुको समेत बदमान भएको गुनासो गरेका थिए ।

जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष वैन बहादुर अधिकारी क्षत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका, कास्कीका ४ वटा गाँउपालिकाहरुले आफ्नो कार्यप्रगती विवरण सहित बार्षिक कार्ययोजना समेत संक्षिप्तमा जानकारी गराएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button