फेवाताल अतिक्रमणको प्रश्नमा शाक्यको जवाफ : समाचार साचो हुने भए यो देशमा पागल मात्र बस्छन् 

दीननाथ बराल, पोखरा न्यूज- ०६, फागुन  ।

पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवाताल अतिक्रमणमा मुछिएर बिबादमा रहेका सकारात्मक सोचका अभियन्ता पर्यटन व्यवसायी कर्ण शाक्यले फेवाताल अतिक्रमको बिषयमा प्रश्न गर्दा अतिनै नकारात्मक जवाफ दिएका छन्  ।

सोमबार एक कार्यक्रमका लागि पोखरा आएका शाक्यलाई पत्रकारहरुले फेवाताल अतिक्रमणमा तपाईको होटल पनि परेको छ भनि सोधेको प्रश्नमा उनले प्रश्नलाई मोड्दै यो देशका मिडियामा आउने सबै समाचार साँचो हुने भए यो देशमा पागल मात्र बस्छन भन्ने जवाफ दिएका छन। आफुलाई सकारात्मक सोचको अभियन्ता जनाउदै नकारात्मक कुरा नगरौ भनेर कार्यक्रममा भाषण ठोकेका शाक्यले घुमाउरो अर्थमा फेवाताल अतिक्रमण गर्यो भनेर आफ्नो होटलको बिरोध गर्नेलाई पागलको संज्ञा दिएका हुन् । उनले ठाडो शैलीमा जवाफ दिदै भने – “यदि यो देशमा आउने खबर साँचो हुने हो भने यो देशमा पागल मात्रै बस्छन पागल । “

सरकारी प्रतिवेदनमा त वाटर फन्ट रिसोर्टले फेवाताल अतिक्रमण गरेको कुरा आएको छ, सर्वोच्चले पनि आदेश दिएको छ भन्ने अर्को प्रश्नमा उनले मलाई केहि थाहा छैन्, त्यो कुरा छाड्नुहोस भनि पन्छिन खोजे । “कसैले कसैलाई गधा भन्छ भने खै हजुर मेरो पुच्छर छैन भनेर भन्न भएन्, कसैले कसैलाई गोरु भन्यो भने खै हजुर मेरो सिङ कहाँ छ भन्न भएन” भनेर उनले व्यंग्य समेत गरे ।उनले आफ्नो जिन्दगीमा कसैको दुई पैसा आवश्यक नभएको समेत बताए । कार्यक्रम अवधिभर सकारात्मक कुरा गरौ मिठो बोलौ भनेर भासण ठोकेका उनले पागल, गोरु र गधा जस्ता सब्दको प्रयोग गर्दै आफ्नै मजाक उडाए ।

गैर आवासिय नेपाली संघ (ए.आर.एन) का निवर्तमान अध्यक्ष, समाजसेवी डा. शेष घलेद्वारा तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाई छात्रबृत्ति अक्षयकोषको लागि रकम हस्तान्तरण गर्न आयोजित कार्यक्रममा सोच समुहले आफ्नो प्रवर्धन गर्न अन्तक्रिर्या कार्यक्रम राखेको थियो  ।

कार्यक्रममा शाक्यलाई हिरोको रुपमा प्रस्तुत गरेको सोच समुहले पत्रकारहरुलाई प्रश्न सोध्न रोकेपछि कार्यक्रम सकिएपछि पत्रकारले उनलाई रोकेर प्रश्न गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button