कास्कीमा महिला बन्दीमाझ गण्डकी प्रदेश सांसद गुरुङ

पोखरा न्यूज- ०६, फागुन ।

गण्डकी प्रदेश सांसद मीना गुरुङले जिल्ला कारागार कार्यालय कास्कीका महिला बन्दीलाई फलफूल वितरण गरेकी छन् ।

सोमबार कारागारमै पुगेर सांसद गुरुङले त्यहाँस्थित सबै ५४ जना महिला बन्दीलाई फलफूल वितरण गरेकी हुन् । उनले बन्दीहरुलाई सान्त्वना दिँदै परिस्थितिले अहिले कठिन मोडमा ल्याए पनि जीवन सधैँ एकै नरहने र हातमा सीप भए आयआर्जनको बाटो बन्ने भएकोले सीप आर्जन गर्नु अनिवार्य रहेको बताइन्।

विगतमा आफूले बन्दीहरुलाई व्युटीसियन तालिम दिँदै आएकोमा यसपालि पुनः सो प्रकारको तालिम दिने उनले जानकारी समेत गराइन् । सांसद गुरुङले आफूले व्युटीसियन तालिम सिकाएका कतिपय बन्दीहरु हाल स्वरोजगार बनेको र प्रशिक्षण दिन सफल भएको उदाहरण दिइन् ।

 

जिल्ला कारागार कार्यालय कास्कीका कार्यालय प्रमुख गणेश गौतमले महिला बन्दीबारेको अवस्थाबारे जानकारी दिए । साथै उनले सांसद गुरुङको सामाजिक कार्य निकै प्रशंसनीय भएको बताए ।

कठिन परिस्थितिमा रहँदा पनि सांसद नै यसरी आएर सहयोग गरेकोमा बन्दीहरुको आँखा खुसीले रसाएका थिए । सांसद तलब भत्ता सामाजिक सेवामा लगाउने उद्घोष साथ सांसद गुरुङले यसअघि पनि विभिन्न सामाजिक कार्यमा रकम सहयोग गर्दै आएकी छन् ।

पोखरा महेन्द्रपुलस्थित हङकङ व्युटी इन्स्टिच्युट प्रालि तथा क्लारा इन्टरनेशनल स्पा एण्ड व्युटी कलेजकी प्रमुख कार्यकारी अधिकृत सांसद गुरुङको वरिष्ठ सौन्दर्यकर्मी एवं सञ्चारकर्मीको समेत परिचय छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button