पोखरा म्याराथनलाई सहयोग हस्तान्तरण गर्दै त्रिलोकले भने- यो शुरुवात मात्रै हो !

पोखरा न्यूज- ०६, फागुन ।

यहि फागुन ७ गते आयोजना हुने १३ औं संस्करणको पोखरा म्याराथनलाई हङ्कङवासी नेपालीहरुको तर्फ बाट संकलित भएको रकम हस्तान्तरण गर्दै हङ्कङवासी त्रिलोक गुरुङले यो सहयोगको शुरुवात मात्रै भएको बताएका छन् ।

गैर आवाशिय नेपाली संघ (एनआरएन)का निवर्तमान सल्लाहाकार गुरुङले ५ लाख ४७ हजार २ सय ५३ रुपैयाँको चेक मंचका अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गर्दै नेपालमानै यस्तो वृहत रुपमा म्याराथन भएको आफूलाई पहिलो पटक अवगत भएको बताउँदै गुरुङले भने “नेपाली जहाँ रहे पनि नेपाली मन हो र त्यही भावनामा एकाकार हुन सहयोग गरेका हौं ।”

पोखरा म्याराथनमा सहभागिता जनाउन पोखरा आइपुगेका गुरुङले आगामी दिनमा सहयोगलाई निरन्तरता दिने समेत बताए । उनले खेलकुद स्वास्थका लागि मात्रै नभई सबैको भावनालाई एकजुट बनाउने अभियान समेत रहेकोले पोखरा म्याराथनलाई बोष्टन र हङकङ म्याराथन जस्तै वृहत बनाउन सुझाब समेत दिदैं भने–“हामी खेलकुद मार्फत नेपालमा समृद्धी होस भन्ने चाहन्छौं र त्यो पोखरा म्याराथनले पुरा गर्नेछ ।”

हङकङका सफल व्यवसायी गुरुङ गैर आवाशिय नेपाली संघ हङकङका निवर्तमान अध्यक्ष र एसिया प्रशान्त क्षेत्रका संयोजक समेत रहि सकेका छन । सो अबसरमा मंचका अध्यक्ष तेज गुरुङ र प्रथम उपाध्यक्ष हरी प्रसाद पराजुलीले आभार व्यक्त गरेका थिए । कार्यक्रममा पोखरेली मंच यूकेका अध्यक्ष मान प्रसाद गुरुङको समेत उपस्थिती थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button