अधिकार सँगै महिलाहरुको क्षमता बिकास आवश्यक – अध्यक्ष तिमिल्सिना

पोखरा न्यूज – ११, फागुन ।

नेपाली महिलाहरुलाई अधिकार सँगै उनीहरुको क्षमता बिकास गरिनु आवश्यक रहेको राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बताएका छन ।

कास्की माछापुच्छ्रे गाउँपालिका स्थित आमा प्रतिष्ठान नेपालको दोस्रो अधिबेशन तथा तेश्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाली महीलाहरुलाई आरक्षण मात्रै होइन  पुरुष सँगै हातेमालो गर्दै अगाडी बढ्नका लागि क्षमताको  बिकास गर्नुपर्ने बताएका हुन्  ।

बर्तमान अवस्थामा कानुनले महिला अधिकार शुनिश्चित गरेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अधिकार सँगै क्षमताको बिकास भएमा महिलाहरु  पुरुषकै दाँजोमा अगाडी बढ्न सक्छन भन्ने कुरा नेपालमा प्रमाणित भइसकेकाले अब यसलाई स्थापित गर्नुपर्ने बताए ।महिलाहरुको अधिकार सँगै उनीहरुको क्षमता बिकास गरिएमा समाजले  सहि प्रतिफल प्राप्त गर्ने उनले  विश्वास व्यक्त गरे ।

आमा प्रतिष्ठान नेपालले समाजमा  गरेको योगदानका लागि आभार व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले भने–“आँशुमा जिवन धान्य वाध्य महिलाहरुको लागि आमा प्रतिष्ठान आँशु पुछ्ने रुमाल बन्न सकोस ।” कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले संस्थाका आजिवन तथा साधारण सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए ।

सो अबसरमा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले आमा प्रतिष्ठान नेपालले माछापुच्छ्रे गाउँपालिकामा वृद्धाआश्रम निर्माणका लागि आफ्नो परिवारका तर्फ बाट ४ रोपनी जग्गा दान दिने घोषणा समेत गरेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button