पोखरामा छुट्टाछुटै सवारी दुर्घटनामा ३ घाइते : घाइतेको मणिपाल र गण्डकी अस्पतालमा उपचार हुँदै

पोखरा न्यूज – १२, फागुन ।

पोखरामा आइतबार दिउँसो छुट्टाछुटै सवारी दुर्घटनामा परि ३ जना घाइते भएका छन् ।

पोखरा – ०६ लेकसाइडस्थित गौरीघाटमा स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कूटर चालक घाइते भएका छन् ।
दुर्घटनामा परि पोखरा -२१ कृष्ति नाच्नेचौरका २३ बर्षीय दिनेश मल्ल ठकुरी घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते ठकुरीको मणिपाल शिक्षण अस्पतालमा पोखरामा उपचार भइरहेको छ । स्कुटरको नम्बर भने हालसम्म नखुलेको प्रहरीले उल्लेख गरेको छ ।

त्यसैगरी पोखरा – २७ अर्घौचोकमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्री घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट पैदल हिँडिरहेका स्याङ्जा पुतली बजारका ४० बर्षीय मोहनलाल लम्साल घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते लम्सालको पश्चिमान्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार भइरहेको चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

पुरीका अनुसार मोटरसाइकल चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ ।

आइतबार नै पोखरा – २६ सुन्दरीबजारमा स्कुटरले ठक्कर दिँदा स्थानीय ५२ बर्षीय तिल बहादुर जि.सी. घाइते भएका छन् ।

प्रहरीका अनुसार विजयपुरबाट शिशुवा तर्फ जाँदै गरेको ग १०प ३९९४ नम्बरको स्कुटरको ठक्करपछि घाइते भएका जि.सी. को पश्चिमान्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार भइरहेको छ ।

घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button