साफ महिला फुटबल प्रतियोगिताको शिल्ड सार्वजनिक

उद्घाटन खेल नेपाल र भूटानबीच

पोखरा न्यूज – २७, फागुन ।

पाँचौं महिला साफ च्याम्पियनशिप फूटबल प्रतियोगिताको शिल्ड आज सार्वजनिक गरिएको छ ।

अखिल नेपाल फूटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शिल्ड सार्वजनिक गर्नुका साथै सहभागी टोलीका प्रशिक्षक र कप्तानसँग साक्षात्कारसमेत गराइएको छ ।

सो अवसरमा बङ्गलादेशका प्रशिक्षक गोलम रावानीले नेपाली टोली शक्तिशाली रहेको बताउँदै आफ्नो देश फाइनलमा पुग्ने विश्वास व्यक्त गरे । भारतीय टोलीका प्रशिक्षक मामुल रवि र कप्तान फुसलता देवीले प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने भन्दै फाइनलमा अन्य कुन देशको टोलीसँग प्रतिस्पर्धा हुने हो त्यो अहिले भन्न नसकिने बताए ।

यसैगरी माल्दिभ्सका प्रशिक्षक मोहम्मद अकिव र कप्तान फदुवा जहिदले आफ्नो देश सेमिफाइनसम्म निश्चित रुपमा पुग्ने धारणा व्यक्त गरे । श्रीलङ्का महिला टोली प्रशिक्षक तिलक रोहन र कप्तान इरानवी कुमुदुलावाले युवा खेलाडी सहभागी आफ्नो देशको टोली सेमिफाइनल पुग्ने ग्यारेण्टी व्यक्त गरे ।

यसैगरी भूटानका प्रशिक्षक र कप्तानले भविष्यलाई ध्यानमा प्रतिस्पर्धा गरिरहेको चर्चा गर्दै वर्तमान अवस्थामा नेपाली खेलाडीहरु शक्तिशाली रहेको विचार व्यक्त गरे । नेपाली टोलीका प्रशिक्षक हरि खड्का र निरु थापाले प्रतिस्पर्धामा नेपाली टोलीले प्रथम स्थान हासिल गर्ने बताउँदै नेपालमा प्रतियोगिता भएकाले टोलीको मनोबल उच्च रहेको धारणा व्यक्त गरे ।

सो अवसरमा एन्फाका प्रवक्ता किरण राई र आयुश खड्काले प्रतियोगिता विराटनगरमा गर्न पाउँदा खुशी व्यक्त गर्दै नेपाली खेलाडीको तयारी उच्चस्तरको रहेकाले प्रथम स्थान हासिल गर्ने धारणा व्यक्त गरे ।

यही फागुन २८ गतेदेशि शुरु हुने उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल र भूटानबीच अपराह्न हुने भएको छ । प्रतियोगितामा नेपाललगायत भारत, बङ्गलादेश, भूटान, श्रीलङ्का र माल्दिभ्सको राष्ट्रियस्तरको महिला फुटबल टोलीको सहभागिता रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button