पोखरामा सभापति देउवाको भनाई ‘सिके राउतलाई मुलधारको राजनीतिमा लैजादा देश टुक्रिन सक्छ’

देश टुक्राउने गरी गरेको राष्ट्रघाती सम्झौता काँग्रेसले नमान्ने भनाई

पोखरा न्यूज – २८, फागुन ।

नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले तराई बिखण्डकारी नेता सिके राउतलाई देशको मुलधारमा ल्याउदा देश टुक्रिन सक्ने बताएका छन्  । नेपाल प्रेस युनियन कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले सिके राउतले देश टुक्राउने गरी जनमत संग्रहको कुरा गरेकोले उनलाई देशको मुलधारमा लैजादा देश टुक्रन सक्ने बताएका हुन् ।

उनले भने “ सिके राउतले नयाँ देश बनाउने भनेका छन, नयाँ देश भनेको जनमत संग्रह नै हो, जहाबाट उनले  देशलाई टुक्राउन खोजेका हुन्, यस्तो प्रकृतिको सोच भएका नेतालाई देशको मुलधारा लैजानु देशको लागी ठुलो घात हुन्छ हामी त्यसको खिलापमा छौं । ” सरकारले देश टुक्राउने गरी गरेको सम्झौता आफ्नो पार्टीले कुनै पनि हालतमा नमान्ने उनले बताए । सिके राउतसंग गरिएको सम्झौता राष्ट्रघाती कदमको रुपमा आफुहरुले लिएको उनले जनाए । सिके राउतसंग सम्झौता गर्दा समेत सरकारले आफुहरुसंग छलफल नगरेको सभापति देउवाले बताए ।

सरकारले एक बर्षमा देखाउन लायक एउटा पनि काम नगरेको आरोप लगाउदै सभापति देउवाले अब काँग्रेसले सत्तापक्षको बिरुद्ध शसक्त आन्दोलन गर्ने चेतावनी दिएकाछन् । सडक देख सदनसम्म सरकार बिरुद्ध आवाज उठाउदै आएको उनले बताए । एमाले जस्तो ३/४ महिना सदन ठप्प पार्ने पार्टी काँग्रेस नभएको उनले जनाए ।

प्रजातन्त्र सुदृणको लागि प्रेस स्वतन्त्रता आवश्यक हुने बताउदै सभापति देउवाले देशमा प्रजातन्त्र र प्रेस स्वतन्त्रता एक आपसका परिपुरक भएको समेत बताए । उनले भने “प्रेस स्वतन्त्रता भनेको अत्यन्तै महत्वपूर्ण कुरा हो, वाक स्वतन्त्रता हो, लेख, प्रकाशन लगायतका स्वतन्त्र रुपमा हुनु पर्छ, प्रेस माथि फौजदारी संहिताको नाममा प्रेसलाई कन्ट्रोल गर्नु भनेको प्रजातन्त्रलाई अधिनायकवाद तर्फ लैजानु हो । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button