पोखरामा महानगरद्वारा होर्डिङ बोर्ड हटाउन सुरु, बोर्ड हटाउन सडक बालकको प्रयोग

घरधनीको गुनासो पछि सार्वजनिक स्थलबाटै बोर्ड हटाउने अभियान सुरु

पोखरा न्यूज – ५, चैत । पुर्व तयारी बिनै  पोखरा महानगरपालिकाले पोखरा क्षेत्रमा रहेका होर्डिङ बोर्ड हटाउने अभियान सुरु गरेको  छ । मंगलबार पोखराको पृथ्बीचोकबाट होर्डिङ बोर्ड हटाउने अभियान सुरु गर्न खोजेको महानगरले स्थानीयको गुनासो पछि अन्ततः सार्वजनीक स्थल चाइना पुल सहित रंगशालाबाट उक्त अभियाको सुरुवात गरेको हो ।

पुर्व सुचना नपाएको घरधनीको भनाई

देशकै ठुलो महानगरले विना तयारी बजार क्षेत्रको होर्डिङ बोर्ड हटाउन आएको पृथ्वीचोकका स्थानिय सुर्दशन रञ्‍जितले गुनासो गरे ।आफुले  महानगरलाई कर तिर्दा तिर्दै विना सुचना एकाएक हुल लिएर आफ्नो घरमा आएको भन्दै रञ्‍जितले गुनासो गरेपछि  महानगरका कर्मचारी सहितको टोली चाइनापुल हुदै पोखरा रंगशाला तर्फ लागेको हो । घरधनि रञ्‍जितले भने “ मलाइ लिखित पत्र दिनुहोस एक दुई दिनमै म आफै होर्डिङ बोर्ड हटाउछु, तपाइहरुले हटाउनु पर्दैन । ”

स्रोत साधन नभएपछी सडक बालकहरुको प्रयोग

ब्यानर च्यात्दै सडक बालबालिका

स्थानीयको गुनासो पछी सार्वजनिक स्थान तर्फ लम्किएको महानगरको कमजोरी त्यहाँ पुगेपछी छताछुल्ल भयो  । चाइनापुलमा रहेको होर्डिङ बोर्ड हटाउन खोज्दा  महानगर प्रहरीसंग आवश्यक स्रोत साधन नै  नभएपछि  सडक वालकहरु प्रयोग गरी होर्डिङ वोर्डमा लेखिएको प्रचार सामाग्रि च्यात्ने काम भएको थियो । नगर प्रहरीले होर्डिङ वोर्डमा टासिएको प्रचार सामाग्रि केहि थोरै भाग मात्र च्यातेपछि सडक वालकहरुले हामी गर्छु भन्दै तम्सियसंगै कर्मचारीले थप हौसाउदै उनीहरुलाई होर्डिङ बोर्ड हटाउन प्रयोग गरेका हुन्। नगर प्रहरीको एक समुह भएपनि उनीहरुसँग एउटा लामो हसिया मात्र थियो । लगतै रंगशालाको होर्डिङ बोर्ड हटाउदा भने उनीहरुले भर्याङ्गको प्रयोग गरेका थिए ।

होर्डिङ बोर्ड राख्ने कम्पनीका संचालक भन्छन समन्वय भएन

महानगरले  आफुहरुसँग समन्वय विना जथभावी रुपमा होर्डिङ बोर्ड हटाउने कार्यमा लागेको परिचय एडभरटाइजिङ कम्पनीका संचालक सोभित बस्यालले बताए । महानगरमा पटक पटक होर्डिङ बोर्ड परिमार्जीत गरौ भन्दा महानगरले कुनै सुनुवाई नगरेको समेत उनले गुनासो गरे । आफुहरुले पोखरामा होर्डिङ बोर्ड राखेवापत आकृति नामको कम्पनीलाई बार्षिक २३ लाख दिने गरेको बताए । बस्यालले आफु महानगरमा कर तिर्छु भनेर जाँदा समेत कर नलिएको गुनासो गरे । विना टेण्डरमा भएका सवै योजनाहरु खारेज गरी पुनः टेण्डरबाट जानु पर्ने एडभरटाइजिङ कम्पनीहरुको माग छ । महानगरबाट होर्डिङ बोर्डको ठेक्का लिएको पोखरा उद्योग बार्णीज्य संघले सेटिङ्गमा आकृति नाम गरेको कम्पनीलाई पुन: ठेक्का दिएको हो । पोखरामा परिचय सहित डिजिटल मिडिया, सैनिक आर्टस, आकृति, लगायतका कम्पनीहरुले होर्डिङ वोर्ड राख्दै आएका छन् ।

होर्डिङ बोर्डलाई डिजिटलाइज गर्ने उद्धेश्य !

पोखरा क्षेत्रमा अस्तव्यबस्त रुपमा रहेका होर्डिङ बोर्डलाई समय सापेक्ष डिजिटलाइज गर्ने उद्धेश्यले पोखरा क्षेत्रमा रहेका होर्डिङ बोर्ड हटाउने अभियान मंगलबारदेखि सुरु भएको पोखरा महानगरपालिकाका सुचना अधिकृत गंगालाल सुवेदीले बताए ।

महानगरको प्रहरीको टोलीले पोखराको रंगशाला क्षेत्रमा रहेका विभिन्न कम्पनी तथा संघ संस्थाहरुको होर्डिङ बोर्ड हटाउन सुरु गरेसंगै उक्त अभियान सुरु भएको हो । पोखरामा होर्डिङ बोर्ड राख्नको लागि पोखरा महानगरपालिकाले पोखरा उद्योग बाणिज्य संघसंग गरेको सम्झौता सकिएसंगै  उक्त अभियान सुरु गरेको उनले जनाए । संघले बार्षिक रुपमा महानगरलाई २६ लाख रुपैया दिदै आएको सुचना अधिकृत सुवेदीले बताए ।

३ वाई १० फिटको साइज सम्म  निशुल्क बोर्डहरु राख्न पाइने 

महानगरमा दर्ता भएको आधारमा ब्यबसायी तथा कम्पनीले  ३ वाई १० फिट सम्मको साइजमा निशुल्क वोर्ड राख्न पाउने भएका छन्  । अन्यथा प्रति बर्ग फिट १  सय रुपैयाको दरले शुल्क तिर्नुपर्ने महानगरले जनाएको छ । पोखरा महानगरपालिकाका राजश्व शाखा प्रमुख छवि शर्माले महानगरले दिएको साइजका आधारमा व्यवसायीहरुले बोर्डहरु राख्न पाउने अन्यथा शुल्क लाग्ने पोखरा न्यूजलाई बताए ।

३ पटकसम्म सुचना प्रकाशन : अटेर गरेको आरोप  

महानगरले तीन पटकसम्म सार्वजनीक सुचना प्रकाशन गर्दा समेत  अटेर गरेपछि अन्ततः महानगरले नै  होर्डिङ बोर्ड हटाउन सुरु गरेको शर्माले जनाए । पोखराका निश्चित ठाँउमा डिजिटल वोर्ड राख्ने गरी गृहकार्य भएको शर्माको भनाइ थियो । महानगले डिजिटल बोर्डको अभियान भन्दै यसअघी पोखराका ठाउँ ठाउँमा प्रतिक्षालय निर्माण गर्न अर्को एक कम्पनीलाई ठेक्का दिइसकेको छ ।

संघले महानगरलाई १३ लाख दिन बाँकी

संघले  ६ महिनाको करिब १३ लाख महानगरलाई दिन बाँकी रहेको महानगरका प्रमुख कर अधिकृत छवि शर्माले बताए । संघसंग महानगरले २०७१ देखि तीन बर्षको लागि सम्झौता गरेको थियो । उक्त सम्झौता सकिए लगतै महानगरले एक बर्ष थप गरेको थियो ।संघसंग गरेको सम्झौता गत माघ देखि सकिएको हो ।

सम्बन्धित न्यूज

Back to top button