पोखराका २ वटा प्याराग्लाइडिङ कम्पनीको उडान अनुमति रद्ध

इतिहासमै पहिलो पटक पाइलटको लाइसेन्स खारेज

पोखरा न्यूज – ९, चैत । नागरिक उडड्यन प्राधिकरण (क्यान) ले विभागिय कारवाही अन्र्तगत पोखराका दुई वटा प्याराग्लाइडिङ कम्पनीलाई कारवाही गरेको छ । सोलो प्याराग्लाइडिङ पाईलटको प्याराग्लाइडिङको क्रममा पोखरामा मृत्यु भएको घटनालाई लिएर विभागले ब्लु स्काई प्याराग्लाइडिङ कम्पनी र फ्रन्टएयर कम्पनीलाई कारवाही स्वरुप उडान अनुमति रद्ध गरिएको हो ।

उक्त घटनाको बिषयमा विभागबाटै छानविनकै क्रममा रहेकोले हाल अर्को सुचना जारी नगरेसम्मको लागि दुई वटै कम्पनीको सम्पूर्ण उडान (टेण्डम, सोलो) रद्ध गरिएको नागरिक उडड्यन कार्यालय पोखराका सुचना अधिकृति कासीनाथ पौडेलले पोखरा न्यूजलाई बताए । उक्त कम्पनीका उडान रद्ध गरेसंगै जथाभावी रुपमा सोलो प्याराग्लाइडिङ पाइलटहरुलाई पोखरा क्षेत्रको आकासमा उडाउन अन्य  कम्पनी समेत सचेत भएको व्यवसायीहरुको भनाइ छ ।

फ्रन्टएयरका संचालक भूपाल गुरुङले सोलो प्याराग्लाइडिङ पाइलटहरुको लागि आवश्यक काजपत्र पेश गर्न सहजीकरण गरी उडानको लागि ठाँउ मात्र आफुहरुले उपलब्ध गराउदा कम्पनीलाई यस्तो कारवाही हुँदा निकै दुःख लागेको बताए । उनले पोखरा न्यूज सँग  भने “ सोलो पाइलटहरुले विदेशको लाईसेन्स लियर आएका हुन्छन, उनीहरुलाई सोलो प्याराग्लाइडिङ गर्न कसलाई दिने वा नदिने हामीसंग उनीहरुको क्षमता मापनको कुनै मापन गर्ने साधन श्रोत छैन, नत क्यानले नै यसको प्रबन्ध गरेको छ ।” व्लु स्काई कम्पनीका संचालक नारायण पराजुलीले आफुहरुले विदेशीहरुको आवश्यक डकुमेन्ट मात्र अघि बढाएको तर यसको राम्रोसंग उडाउन दिन मिल्ने नमिल्ने कुरा नागरिक उडड्यन कार्यालयले नै रेखदेख गर्नु पर्ने बताए ।

हालै पोखरामा दुई जना सोलो प्याराग्लाइडिङ पाइलटको दुर्घटनामा परी मुत्यु भएको थियो । रोमानियाका करिब ४० बर्षीय एडे सिस्जरको फेवाताल माथिको आकासमा प्याराग्लाइडिङ गर्दै गर्दा एक्कासि तालमा डुब्न पुगेर मृत्यु भएको थियो भने प्याराग्लाईडिङ दुर्घटनामा परेर रसियन नागरिक करिब ४० बर्षीय विमिपी स्टेपेनीसको ज्यान गएको थियो । उनीहरु दुबै जना सोलो प्याराग्लाइडिङ पाइलट थिए । एडेले व्लु स्काई प्याराग्लाइडिङबाट आवश्यक काजपत्र सहित नागरिक उडड्यन कार्यालयमा उडान अनुमती दिएका थिए भने फ्रन्ट एयरबाट विमिपीले नागरिक उडड्यमा आवश्यक काज पत्र पेश गरेका थिए । उनीहरुले उडान गर्ने र अवतरण गर्ने स्थान समेत उक्त कम्पनीसंग लिएका थिए ।

क्यानद्वारा अर्को एक कम्पनीलाई स्पष्टीकरण 

यसैबिच, सराङकोटाबाट टेण्डम उडान भरेको ओपन स्काई प्याराग्लाइडिङ कम्पनिको ग्लाइडर खपौंदीमा ल्याण्ड गर्ने क्रममा दुर्घटना हुँदा ७ बर्षिय विदेशी वालक सहित चालक घाईते भएको बिषयलाई लियर क्यानले स्पष्टीकरण लिएको छ । ७ बर्षको वालकलाई प्याराग्लाइडिङ उडान गरी दुर्घटना भएको बिषयमा आफुहरुले क्यानको निर्देशन अनुसार स्पष्टीकरण माग गरी क्यानमा पेश गरेको नागरिक उडड्यन कार्यालय पोखराका सुचना अधिकृति पौडेलले बताए । केहि दिन अघि दुर्घटनामा परि चिनिया प्याराग्लाइडिङ पाइलट ५० बर्षीय एलेस र सिंगापुरका नागरीक ७ बर्षीय यान्ज घाईते भएका थिए । खपौंदीमा ल्याण्ड गर्ने क्रममा ग्लाइडर बिजुलीको तारमा अड्किएर दुर्घटना भएको थियो ।

प्याराग्लाइडिङ इतिहासमा पहिलो लाइसेन्स खारेज जलारीको

विगत दुई दशक देखि पोखरा लगायतको क्षेत्रमा सहासिक खेलको रुपमा विकसित हुदै आएको प्याराग्लाइडिङ इतिहासमा पहिलो पटक पाइलटको लाइसेन्स खारेजी भएको छ । पोखराका सागर जलारीको क्यानले विभागिय कारवाही गरी उनको अस्थायी प्याराग्लाइडिङ लाइसेन्स खारेजी गरेको हो ।

गत बर्ष कार्तिक २३ गते टेण्डम फ्लाईटको क्रममा मनिस गुरुङको मृत्यु भएको घटनालाई लियर विभागले सागरलाई  कारवाही स्वरुप लाइसेन्स खारेजी गरेको नागरिक उडड्यन कार्यालय पोखराका सुचना अधिकृति कासीनाथ पौडेलले बताए । सागरले प्याराग्लाइडिङ उडान गर्दा गुरुङको मुत्यु भए पछि उनीलाई विभागले कारवाही गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button