पोखराको बजारमा २५ देखी २७ लाख मुल्य सम्मका ड्याट्सनका नयाँ कार

पोखरा न्यूज – १०, फागुन  । पोखरामा  आइतबार ड्याट्सनका ३ थरि मोडेलका नयाँ कार सार्वजनिक गरिएको छ ।

ड्याट्सन गाडीको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता थ्रिएस ट्रेड हाउसले २४ लाख ९९ हजार देखी २६ लाख ९९ हजार  मूल्य सम्मका ३ वटा मोडेलका नयाँ कार सार्वजनिक गरेको हो ।

ड्याट्सन गाडीले गो ए ओ, गो टि र गो ओ गरि ३ वटा मोडेलका  नयाँ कार बिक्रीका लागि बजारमा ल्याएको जानकारी थ्रिएस ट्रेड हाउसका निर्देशक गोपाल बरालले जानकारी दिए ।

बरालका अनुसार कम्पनीले ड्याट्सन गो ए ओ को मूल्य २४ लाख ९९ हजार, ड्याट्सन गो टि को मूल्य २५ लाख ९९ हजार र ड्याट्सन गो ओ को मूल्य २६ लाख ९९ हजार तोकेको छ ।

सुरक्षाका लागि थप फिचर दिइएको छ । उक्त गाडी मुल्य सस्तो, स्पेयर पार्ट्स सर्बसुलभ, उत्कृष्ट ग्राउण्ड क्लियरेन्स, आकर्षण लुक्समा उपलब्धमा भएको कम्पनीले दाबी गरेको छ ।

नयाँ युगका लागि जापानी प्रविधियुक्त इन्जिन रहेका कार मध्यम वर्गलाई लक्षित गरी तयार पारिएको र नेपालको भौगोलिक वनावटमा सुहाउने खालको रहेको बरालको भनाई छ । नयाँ  कारहरुमा किफायती इन्जिन, बस्नको लागि धेरै स्पेस, सुरक्षा सम्बन्धि पक्षहरु सहित १ सय भन्दा बढी अपडेट र  २८ वटा विभिन्न विशेषताहरु  रहेको उनले जनाए ।

वेस्ट इन क्लासमा १८० एम एमको ग्राउन्ड क्लियरेन्स, २४५० एम एमको ह्वील वेस, २६५ लिटर बुथ स्पेस र ४.६ एम टर्निङ रेडियस रहेको छ । १.२ एल एचआर १२ डिएफ  पेट्रल इन्जिन युक्त कारले प्रति लिटर १९.८६ किलोमिटर माइलेज दिने  कम्पनीले दाबी गरेको छ ।

फस्टइन सेग्मेन्टमा एनड्रोइड अटो प्ले र एप्पल कार प्लेको साथ ७ इन्चको टच अडियो, १४ इन्चको डाइमन्ड कट अल्लोइ ह्वील, डुयल एयर ब्याग र  एविएस तथा  इविडी पार्किङ्ग सेन्सर लगायत रहेका छन् ।

कम्पनीले सीमित अवधिका लागि गाडी खरिद गर्दा १ लाख रुपैयाँ देखि १  लाख २५ हजार रुपैयाँसम्म नगद छुटको व्यवस्था गरेको बरालले जनाए  ।

नयाँ कारको आइतबार एक कार्यक्रमका बिच पोखरा उद्योग बाणिज्य संघ का महासचिब अर्जुन पोखरेलले सार्वजनिक गरेका हुन् । कम्पनीले आइतवार पोखरा, काठमाण्डौ लगायत देशका बिभिन्न स्थानमा एकसाथ नयाँ कार  सार्वजनिक गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button