पोखरा-काठमाण्डौं माइक्रोबसको संयुक्त काउण्टर संचालन

पोखरा न्यूज – ११, चैत । पोखराको सस्तो बजारमा पोखरा काठमाण्डौंका लागि माइक्रो बसको संयुक्त काउण्टर संचालन गरिएको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक समिति, सगुन यातायात सञ्चालक समिति, शुभयात्रा यातायात सञ्चालक समिति र नेपाल माइक्रोबस सञ्चालक समितिले पोखराको सस्तो बजारमा सोमबार देखि संयुक्त काउण्टर संचालनमा ल्याएका हुन।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एन कुमार साईले पहिला आफुहरुले नयाँबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको जग्गामा काउण्टर संचालन गर्दै आए पनि हाल करार अवधि सकिएसंगै विकल्पको रुपमा सस्तो बजारमा काउण्टर स्थापना गरेको बताए । यातयात क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण अझै पनि सकरात्मक नभएको गुनासो गर्दै उनले सुरक्षित तथा गुणस्तरिय यातयात सेवा दिन आफुहरु कटिवद्ध भएको जनाए ।

यस अघि छुट्टा छुट्टै काउण्टरबाट माइक्रोबस सेवा संचालन हुदै आएको थियो । पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसीले यातयात क्षेत्रलाई आफुहरुले पनि मर्यादित र व्यबस्थित पार्न खोजेको बताए ।

यसैबिच, उक्त काउन्टरको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एस.पी. ओम रानाले यात्रु मैत्रि सेवा दिन व्यवसायीलाई आग्रह गरे । उनले ट्राफिक नियमको पालना गरी सडकमा हुने दुर्घटना अन्त्यको लागि सवैको प्रयास आवश्यक भएकोमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button