पृथ्वी राजमार्ग बस संचालक समितिले पोखरामा अत्याधुनिक एम्बुलेन्स ल्याउन एक किलो सुन खर्चिने

पोखरा न्यूज – १२, चैत । पोखराको पृथ्वी राजमार्ग बस संचालक समितिले हालै प्राप्त गरेको एक किलो सुन उपहार सामाजिक कार्य अन्तर्गत एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ ।

उक्त सुन बिक्रिबाट प्राप्त रकमलाई समितिले अत्याधुनिक एम्बुलेन्स सेवा संचालन गर्ने तयारी गरेको समितिका अध्यक्ष एनकुमार साईले बताए ।  सवारी दुर्घटना हुनासाथ जति सक्दो छिटो छरितो रुपमा उद्धार गर्ने उद्धेश्यले आफुहरुले प्राप्त गरेको उपहारलाई सामाजिक कार्यमा लगानी गर्न लागेको अध्यक्ष साईले बताए ।

छिटोमा बैशाख महिना भित्र र ढिलोमा दशैंसम्म अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स सेवा संचालन गर्न आफुहरु लागेको उनले जनाए । दिगो रुपमा संचालनको लागि पनि समितिले हस्पिटलसंग समन्वय गर्ने भएको छ । उनले पोखरा न्यूज सँग  भने “ सवारी दुर्घटना पछि घाइते भएकाहरुलाई समयमै उपचार गरी बचाउनको लागि छिटो छरितो रुपमा हस्पिटलसम्म पुराउन हामीले अत्याधुनिक एम्बुलेन्स ल्याउन लागेका हौं । ”

कान्तिपुर पब्लिकेसन्स प्रालिको ‘कान्तिपुरको स्वर्णपुर २ ग्राहक योजनामा बम्पर पुरस्कार अन्तर्गत समितिको वीरगञ्ज शाखा कार्यालयले एक किलो सुन उपहार प्राप्त गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button