प्याराग्लाइडिङ सम्बन्धि अधिकांश अधिकार ‘ना’ पोखराले पायो

लाइसेन्सदेखि कम्पनी निलम्वन सिफारिस सम्मको अधिकार 'ना' लाई

पोखरा न्यूज – १३, चैत । नेपाल हवाई खेलकुद संस्था (ना) ले प्याराग्लाइडिङको अधिकांश काम कारवाहीको अधिकार प्राप्त गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफुमा निहित अधिकांश प्याराग्लाइडिङ सम्बन्धि अधिकार ‘ना’ लाई दिएसंगै “ना” बाट अब प्याराग्लाइडिङ सम्बन्धि अधिकांश काम कारवाही हुने भएको हो ।

क्यानका उप–महानिर्देशक राजन पोख्रेलले ‘ना’ का कार्यवहाक अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत कृष्ण भण्डारीलाई बुधबार पोखरामा आयोजित एक समारोहका बिच उक्त अधिकार प्रत्यायोजनको प्रमाण–पत्र हस्तान्तरण गरेका हुन् । प्याराग्लाइडिङको राम्रोसंग अनुगमन र नियमनकारी निकायको प्रभावकारी भुमिका नहुँदा पोखरा क्षेत्रमा प्याराग्लाइडिङमा दुर्घटना बढ्दै गएका बेला क्यानले प्याराग्लाइडिङ सम्बन्धि अधिकांश अधिकार ‘ना’लाई प्रत्यायोजन गरेको हो ।

कार्यक्रममा  बोल्दै  उप–महानिर्देशक पोख्रेलले प्याराग्लाइडिङ सम्बन्धि धेरै कुराहरु क्यानले ‘ना’लाई अधिकार प्रत्यायोजन गरेकाले थप व्यबस्थित र मर्यादित हुने विश्वास व्यक्त गरे । ‘ना’का सिइओ भण्डारीले आफुहरुले पाएको अधिकारलाई सहि ढंगबाट प्रयोग गरी पोखराको प्याराग्लाइडिङलाई व्यबस्थित पार्ने पोखारा न्यूजलाई बताए  । क्यानले ‘ना’लाई प्याराग्लाइडिङ सम्बन्धि लाइसेन्स जारी गर्ने, नविकरण र निलम्वन सिफारिस सम्म गर्न सक्ने अधिकार प्रत्यायोजन गरेको हो । कम्पनी ईजाजतको अनुमती, नविकरण, निलम्वन तथा खारेजीको ‘ना’ले क्यानलाई सिफारिस गर्न सक्ने भएको छ ।

मुल्य एकरुपता कायम गरी, सुरक्षित उडानको लागि स्लट सिस्टम संचालन गर्ने भएको नाका सिइओ भण्डारीले बताए । उक्त अधिकार प्राप्त भएसंगै ‘ना’ले दैनिक रुपमा अनुगमन तथा दुर्घटना न्यूनिकरणमा लाग्ने भएको उनले पोखारा न्यूजलाई बताए । सोलो प्याराग्लाइडिङ पाइलटहरुको हकमा भने कुनै कम्पनीले ‘ना’बाट सिफारिस लियर मात्र नागरिक उड्डयन कार्यालय पोखरामा उडान अनुमती लिनको लागि जानु पर्ने व्यबस्था गरेको छ । राज्यलाई दिने शुल्क तथा करको विषय भने सम्बन्धित निकाय मै कम्पनी तथा प्याराग्लाइडिङ पाइटहरुले बुझाउनु पर्छ । ‘ना’लाई अधिकार प्रत्यायोजन गरेसंगै क्यानले के कति अनुदान दिने भन्ने बिषयमा हाल कुनै टुंगो लागेको छैन् ।

प्याराग्लाइडिङको निमनकारी निकाय ‘ना’लाई बनाएसंगै प्याराग्लाइडिङमा हुने विकृतिलाई धेरै हदसम्म न्यूनिकरण गर्न सकिने भएको नेपाल प्याराग्लाइडिङ्ग तथा ह्याण्ड ग्लाइडिङ्ग संघ (नेफा) का महासचिव शैलेन्द्र राउतले बताए । आगामी वैशाख १ गते देखि पोखरामा हुने प्याराग्लाइडिङलाई व्यबस्थित पार्न नयाँ मुल्य सहित नयाँ ढंगले अघि बढ्ने उनले पोखारा न्यूजलाई बताए । पोखरामा हुने प्याराग्लाइडिङलाई नियमन गर्न नाले अधिकार पाएसंगै अब भने आफुहरुलाई प्याराग्लाइडिङ सम्बन्धि धेरै समस्या नआउने भएको बताए । सामान्य दुर्घटनाको छानबिन गर्न समेत नाले अधिकार पाएको छ भने जसको प्रतिवेदन भने क्यानलाई बुझाउनु पर्ने छ । ठुला प्रकृतिका दुर्घटनाको बिषयमा भने क्यानले हेर्ने भएको छ ।

पोखरामा हाल ६२ वटा प्याराग्लाइडिङ कम्पनी रहेका छन भने करिब ४५ वटा कम्पानी मात्र सक्रिय रहेको बताइन्छ । पोखरामा दुई सय जना भन्दा बढी व्यवसायीक (टेण्डम) प्याराग्लाइडिङ पाइलट रहेका छन भने उतिकै सङख्यामा सिकारु (सोलो) पाइलट रहेका छन्। पोखरा महानगरपालिकामा विगत ४ बर्ष देखि अधिकांश कम्पनीले नविकरण नगरी कम्पनी संचालन गरे पनि पछिल्लो समयमा दस्तुर सहित नविकरण गर्न थालेका छन् । नेपालका पहिलो प्याराग्लाइडिङ पाइलट राजेश वंजन हुन भने उनका बाबु बिरु वंजनले नेपालको पोखरामा प्याराग्लाइडिङ भित्राएका हुन्।

अब प्याराग्लाइडिङको अधिकांश काम कारवाही ‘ना’ पोखराबाटै हुने

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button