पोखरामा चैत २९ देखि फेवा महोत्सव

होटल तथा रेष्टुरेण्टमा मुल्य बृद्धि हुदैनः अध्यक्ष तुलाचन

पोखरा न्यूज – १४, चैत । नेपाली नयाँ बर्षको अवसरमा पोखरामा यही चैत २९ गते देखि संचालन हुने फेवा नव बर्ष महोत्सव २०७६ को तयारी तीव्र पारिएको छ ।

आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले बैशाख १ गतेसम्म फेवाताल किनारा कोमागाने पार्कमा संचालन हुने १६ औं संस्करणको उक्त महोत्सवको तयारी तीव्र पारिएको बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा संचालन हुने उक्त महोत्सवमा गण्डकी प्रदेशले मनाउँदै गरेको आन्तरिक पर्यटन बर्ष २०१९ लाई लक्षित हुने गरी नेपाली संस्कृति, खाना र संगीतलाई विशेष जोड दिने भएको महोत्सव संयोजक एवं संघका अध्यक्ष विकल तुलाचनले बताए । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबर्द्धन हुने गरी विभिन्न २५ खानाको प्रर्दशनी सहित उक्त सङख्यामा खानाका परिकार पाहुनालाई पस्कने भएको उनले बताए । सेफ एशोसिएशनसँग मिलेर खानाको पक्षलाई महोत्सवमा विशेष जोड दिन लागिएको महोत्सव संयोजक तुलाचनले जनाए ।

महोत्सवमा आयोजना हुने झाँकी प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार रुपैयाँ, दोश्रो हुनेले ३० हजार रुपैयाँ, तृतीय हुनेले २० हजार रुपैयाँ र सान्त्वना स्वरुप १० हजार रुपैयाँ प्रदान गरिने भएको संघका महासचिव एवं प्रचार प्रमुख गणेशराज पहारीले बताए ।

यसैगरी आमा समूह बीचको झाँकी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिने छ । सान्त्वना पुरस्कार पाँच हजार रुपैयाँ रहेको छ । नृत्य प्रतियोगिताका विजेताले ३० हजार रुपैयाँ पाउने छन् । द्वितीय, तृतीय र सान्त्वना पुरस्कारस्वरुप क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ व्यवस्था गरिएको छ । डुंगा दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, आठ हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

दिन–प्रतिदिन प्रदूषित र संकुचित हुँदै गएको फेवातालको संरक्षण गर्दै आन्तरिक एवं बाह्य पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले पनि महोत्सव निरन्तर आयोजना गर्दै आएको संघले जनाएको छ । फेवाताल संरक्षणमा स्थानिय र प्रदेश सरकारले गर्न लागेको काममा आफुहरुले समेत सहयोग गर्ने भएको संघका अध्यक्ष तुलाचनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button