आठौं राष्ट्रिय खेलकुद वैशाख ५ गतेदेखि

पोखरा न्यूज – १५, चैत । आगामी वैशाख ५ गते देखि नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको आज बसेको वोर्ड बैठकले आउँदो वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा उक्त प्रतियोगिता संचालन गर्ने निर्णय गरेको राखेपका सदस्य राजेश कुमारगुरुङले बताए ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो । उनले सम्पूर्ण खेलाडी एवं खेल संघहरुलाई आफ्नो तयारीमा जुट्न आग्रह समेत गरेकाछन्।

३५ खेलको लागि ४ हजार भन्दा बढी खेलाडीहरुले विभिन्न ईभेण्टमा प्रतिष्प्रर्धा गर्ने भएको राखेप सदस्य गुरुङले जनाए ।

यसैबिच, गण्डकी प्रदेशबाट ३५ खेलमा ५ सय २ जना खेलाडीहरु  सहभागि हुने भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button