पर्वतमा विप्लवका एक नेता पक्राउ

पोखरा न्यूज – १५, चैत । नेत्रविक्रम चन्द नेतृत्व(विप्लव)को एक जिल्लास्तरीय नेतालाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका–७ लिमिठानाका धर्म पौडेल आज पक्राउ परेका हुन ।

नेकपा पर्वतका जिल्ला सदस्यसमेत रहेका पौडेललाई जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उनकै निवासबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

पक्राउ परेका पौडेललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले गरेको हिंसात्मक गतिविधिलाई सकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रहरीले निगरानी बढाएको छ । केही दिन पहिले छिमेकी जिल्ला म्याग्दी र कास्कीबाट पनि विप्लवका नेता तथा कार्यकर्ता पक्राउ परेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button