मैत्रिपूर्ण क्रिकेट: पर्यटन बोर्डद्वारा खेलकुद पत्रकार मंच गण्डकी पराजित

पोखरा न्यूज – १६, चैत । “खेल मार्फत पर्यटन” आन्तरिक पर्यटन वर्ष २०१९ सफल पारौं भन्ने मुल उद्धेश्यका साथ आयोजित मैत्रीपूर्ण क्रिकेटमा नेपाल पर्यटन बोर्ड टिमले नेपाल खेलकुद पत्रकार मंच गण्डकी प्रदेशलाई ११ रनले पराजित गरेको छ ।

मौसमका कारण १५–१५ ओभरमा झारिएको खेलमा पहिलो व्याटिङ गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले निर्धारित १५ ओभरमा ९ विकेटको क्षतीमा १०५ रन बनाएको थियो । १०५ रनको लक्ष्य पछ्याउन मैदान छिरेको मंचले १५ ओभर खेल्दै ९४ रन मात्रै बनाउन सक्यो ।

प्रतियोगितामा ओपनिङका लागि मैदान छिरेका गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले चार बलको सामना गर्दै २ रन बनाए । मन्त्रि गुरुङ मन क्षेत्रीको बलमा धरापमा पर्दै पेभिलिएन फर्के । उनलाई विकेट किपर सुशान्त गाहा मगरले क्याच लिए ।

 

मन्त्रि गुरुङ संङै मैदान प्रवेश गरेका नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रबन्धक सूर्य थपलियाले २ छक्का र १ चौकाको मद्धतले व्यक्तिगत १६ रनको योगदान दिए । पर्यटन बोर्ड सम्मिलित टिमका तर्फ बाट सर्वाधिक प्रदिप राउतले नट आउट रहुँदै ३२ रन जोडे ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपक गोदार, क्रिकेट संघका निकेश श्रेष्ठले कुनै रन जोडन सकेनन । उनीहरु सबै शुन्य रनमा पेभिलियन फर्के । बोर्ड सम्मिलितका तर्फ बाट रिजन प्रजुले २१, गोपाल भण्डारीले ३, सन्तोष सुवेदीले १० र सञ्जय कान्त सिग्देलले ०१ रन मात्रै बनाए ।

यता मंचको तर्फ बाट मन क्षेत्री, बिनोद लामिछाने र सुजन पौडेलले २–२ विकेट लिए भने लोकेन्द्र ढकाल र सुशान्त गाहा मगरले समान १–१ विकेट लिए ।

जवाफी व्याटिङका लागि उत्रिएको मंचका ओपनिङ व्याट्सम्यान केशब पाठक र एकराज गिरीले भने खाता खोल्न सकेनन । पाठकलाई जिम्मी गुरुङ र गिरीलाई सञ्जयकान्त सिग्देलले पेभिलिएनको बाटो देखाए । मंचको तर्फ बाट २८ बलमा २ छक्का र दुई चौकाको मद्धतले व्यक्तिगत ३५ रन बनाउँदै मंचको पारिलाई उकासेका थिए । तर उनी रिजन प्रजुको बलमा क्याच आउट भए ।

खेलमा शुसान्त गाहा मगरले २३ बलको सामान गर्दै २९ रन बनाउँदा मंच जित तर्फ लम्केको थियो । तर उनी विनयको बलमा आउट भए । खेलमा सुजन पौडेलले १६, लोकेन्द्र ढकालले ६, उमेश पुनले २ रन बाहेक अन्यले रन जोड्न सकेनन । भरपर्दा खेलाडी मन क्षेत्री हिट स्टम्प हुँदै शुन्यमा आउट भए भने विजय नेपाली र सागर राज तिमिल्सिना शुन्य रनमा नट आउट रहे ।

पर्यटन बोर्डको तर्फ बाट सञ्जय कान्त सिग्देल र रिजन प्रजुले आफ्नो ३ ओभरको स्पेलमा २–२ विकेट हात पारे भने जिल्लमी गुरुङ र बिनयले समान १–१ विकेट लिए ।

यस अघि प्रतियोगिताको शुभारम्भ गर्दै आर्थिक मामिला तथा योजना मन्त्रि गुरुङले प्रदेश सरकारले क्रिकेट खेल बिकासका लागि आफ्नो योजनाका साथ अघि बढेको बताए । उनले प्रदेशलाई खेलकुदको माध्यम बाट पर्यटनको बिकासका लागि प्रतिवद्ध रहेको समेत बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button