स्याङजामा बस दुर्घटना हुँदा २ घाइते, घाइतेलाई पोखरा ल्याइयो

पोखरा न्यूज – २५, चैत । स्याङजामा सोमबार बस दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

स्याङजा पुतलीबजार नगरपालिका-१४ स्थित स्याङजा सतौ स्थित भित्री सडक खण्डमा ग १ ख ४५२३ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार ७ जना मध्ये २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि  पुतलीबजार नगरपालिका-१४ खर्सु की ८४ बर्षिया धन माया गुरुङ र  ५० बर्षिया जमुना गुरुङ  घाइते भएको ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डिएसपी गोबिन्द पुरीले जानकारी दिए । पुरीका अनुसार घाइतेहरुलाई उपचारको लागि मणिपाल अस्पताल पोखरा ल्याइएको छ ।

बसमा सबार यात्रुलाई आ-आफ्नो गन्तव्यमा पुर्याई फर्कने क्रममा भुपू सैनिक ट्राभल्सको  मिनि बस बसै गाँउमा आफै अनियन्त्रित भइ दुर्घटनामा परेको प्रहरीले जनाएको छ  ।

दुर्घटना लगत्तै बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button