पोखरा न्यूज – २६, चैत । कास्कीको पर्यटकीय ल्वांङ गाउँमा जारी २८ औँ चैते दशैँ ऐतिहासिक मेला २०७५’ मा गाँउ स्तरीय पुरुष भलिबलको उपाधिका लागि घान्द्रुक र तप्राङ भिडने भएका छन् ।
बुधबार दिउसो १२ बजे उपाधिका लागि भिडने प्रतियोगिताका खेल संयोजक तथा राष्ट्रिय भलिबल रेफ्री अनिल गुरुङले जानकारी दिए । उनका अुनसार मंगलबार ल्वांङ खेल मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्मला युवा क्लबलाई २५–१०, २५–१८ र २५–१८ को सोझो सेटले पाखा लगाउदै घान्द्रुक फाइनलको यात्रा तय गरेको हो ।
त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा जुरे भुमी युुवा क्लब तप्राङले आयोजक टिमलाई २८–२६, २५–२२ र २५–१७ को सोझो सेटमा पराजित गर्दै घान्द्रुकसँगको भेट पक्का गरेको गुरुङले बताए । उनले क्लब स्तरिय महिला भलिबलको सेमिफाइनल तथा फाइनल खेल बुधबार सञ्चान हुने जानकारी दिए ।
कुल २८ टिमको सहभागिता रहेको सो प्रतियोगितको पुरुष भलिबल तर्फको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ६० हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ४० हजार हात पार्नेछ ।
त्यसैगरी क्लब स्तरीय महिलातर्फको विजेता टिम र उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाण पत्र सहित क्रमश २६ हजार र १६ हजार प्रदान गरिने गुरुङले बताए ।
मंगलबार सन्ध्याकालिन प्रहरमा राष्ट्रिय लोक तथा दोहोरी गायक राजन गुरुङ, हास्यकलाकार उमेश राई (फुलन्देकी आमा) तथा लालीगुँरास युवा क्लब भुजुङका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।