भोलिदेखि कास्कीकोटमा चैते दशैँ महोत्सव

पोखरा न्यूज – २७, चैत । यहि चैत्र २८ गतेदेखि  ३० गतेसम्म प्रथम कास्कीकोट चैते दशैँ महोत्सव हुने भएको छ ।  महोत्सवमा करिब ५० हजारले अवोलोकन गर्ने आयोजकको अनुमान छ ।

महोत्सवमा विभिन्न सांस्कृतिक झाक्री, मगर समुदायको कौरा नृत्य, लोपन्मुख खेलहरुको प्रर्दशनी रहने वडा अध्यक्ष ओम प्रसाद सुवेदीले बताए । बिहीबार भलिबल, खुल्ला कविता प्रतियोगीता र सडक दौड हुनेछ ।

महोत्सवमा नेपालकै सर्वाधिक राशीको खुल्ला भजन, चुटकिला प्रतियोगीता ,कास्कीकोट स्तरीय भलिबल प्रतियोगिता, कृषि तथा हस्तकला प्रर्दशनी, रत्यौली प्रतियोगिता ,खुल्ला कविता प्रतियोगीता,म्युजीकल चियर, ठेला हान्ने, हाफ म्याराथन, लोपन्मुख सरुन खेलको प्रर्दशन ,नौमती तथा पञ्चेबाजा प्रर्दशन, राष्टिय तथा स्थानीय लोक कलाकारहरुको प्रस्तुति लगायतको कार्यक्रमहरु आयोजना गरीएको छ ।

महोत्सवको पुर्वसन्ध्यामा रक्तदान, सरसफाई कार्यक्रम गरीएको आयोजक पोखरा महानगरपालीका वडा नं २४ ले जनाएको छ । महोत्सवको अनुमानित खर्च १५ लाख ८० हजार र आम्दानी १६ लाख ८० हजार गर्ने लक्ष्य वडा कार्यालयले राखेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button