म्याग्दीमा भिरबाट लडेर एकको मृत्यु

पोखरा न्यूज – २७, चैत । म्याग्दीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

धवलागिरी गाउँपालिका-५ खिवाङ बस्ने ५१ बर्षीय जित बहादुर पुनको २६ गते भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

धवलागिरी गाउँपालिका-४ मुदी स्थित तातोपानीमा स्‍नान गरेर घर फर्कने क्रममा हिड्दा हिड्दै अचानक नाउरा भिरबाट खसेकाले  उनको  मृत्यु भएको ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी प्रहरी प्रवक्ता गोबिन्द पुरीले जानकारी दिए । पुरीका अनुसार पुन  करिब  ३०० तल खसेका थिए ।

घटना बारे प्रहरीले  थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button