पोखरामा सवारी दुर्घटनामा संगीतकर्मी थुलुङको मृत्यु

पोखरा न्यूज – २८, चैत ।  सवारी दुर्घटनामा परी संगीतकर्मी एवं तरना म्यूजिक सेन्टरका संचालक श्रीमान् थुलुङ राईको मुत्यु भएको छ । हिजो बुधबार बेलुका करिब ९ः३० बजे पोखराको शितलादेवीमा स्कुटर दुर्घटनामा परी संगीतकर्मी राईको मुत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नी श्रीमती सहित शितलादेवीको नहरमा रहेको पर्खालमा ठोकिएर नहरमा पर्दा संगीतकर्मी राईको मुत्यु भएको स्थानियले बताएकाछन्। राईको शव हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान( पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा पोष्टमाटमको लागि राखिएको छ । राईका आमा, श्रीमती र ५ छोरी रहेकाछन्।

नहरको भेलमा परेका राइ दुर्घटनामा परेको करिब एक घण्टा पश्चात दुई कुलाको मुहानमा मृत अबस्थामा भेटिएका थिए । स्कुटरमा सवार उनकी श्रीमती भने वेहोस अबस्थामा अस्पताल पुराइएको थियो । उनकी श्रीमतीलाई भने कुनै चोट नलागेको प्रहरीले जनाएको छ ।

सोलुखुम्बुबाट विगत दुई दशक अघि पोखरा आएका ५० बर्षीय राई पोखराको संगीतको क्षेत्रमा अतुलनीय योगदान रहेको गायक एवं संगीतकर्मी जोजिजू म्यूजिक सेन्टरका संचालक विनित जोजिजूले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button