पोखरामा सभापति देउवाको आरोप: सरकारले एक बर्षमा एउटा पनि राम्रो काम गर्न सकेन

पोखरा न्यूज – २८, चैत ।  पोखरामा कांग्रेसका कोषाध्यक्षहरुको तेश्रो  राष्ट्रिय सम्मेलन सुरु  भएको छ  ।  तेश्रो राष्ट्रिय सम्मेलनको आज (बिहिबार) उद्घाटन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक विकास र समृद्धि हासिल गर्ने गरी एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् ।

दुई तिहाइको कम्युूनिष्ट सरकारले सर्वसत्तावाद लाद्न सेना र विभिन्न आयोगमा समेत हस्तक्षेप गरेको सभापति देउवका भनाइ थियो । उनले भने “ अहिलेको भ्रष्टचारी, महङगी हत्याहिंसा विरुद्ध वैशाखदेखि आन्दोलन सुरु गर्ने भएका छौं ।” बरिष्ठ नेतादेखि केन्द्रिय सदस्य एवं कांग्रेसका नेताहरुले कांग्रेस पार्टी भित्र रहेको गुट-उपगुट अन्त्य गरी पार्टी एकिकरण गर्न आग्रह गरे संगै सभापति देउवाले पार्टी भित्र अन्तरघात गर्ने उपर कारवाही गर्ने बताए ।

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति नभई समृद्धि हासिल गर्न नसकिने भन्ने बिषयमा बोलेको भन्दै त्यसको बिषयमा प्रष्ट पार्न आग्रह गरेका छन् । उनले भने “ दुई तिहाइ सरकारको राष्ट्रिय सहमति भनेको के हो मैले बुझिन, की कांग्रेस सरकारमा आवश्यक भएको भन्नु भएको हो, यस बिषयमा प्रचण्डले प्रष्ट पार्नु पर्यो । ” समृद्धिको लागि अहिलेको सरकारले सिन्को पनि नभाचेको उनले आरोप लगाए ।

उनले भने “अहिलेको सरकारले समृद्धिको सिन्को पनि भाचेको छैन, खाली उद्घाटन गर्न मात्र मन्त्रीहरु दौडिएको देखिएकोे छ, शिलन्यास गरेको भने कुनै कुरा सुनिएको छैन् । ” आफु गण्डकी प्रदेशकै भएको बताउदै नेता पौडेलले गण्डकी प्रदेशका मुख्य मन्त्रीले आफ्नै जिल्लामा पनि पहिलाका सडकका योजनालाई पुरा गर्न नसकेको सडक अलपत्र परेको जनाए ।

अख्तियार, निर्वाचन आयोग , लोकसेवा जस्ता संवेदशनशिल क्षेत्रमा केपी शर्मा ओलीका मान्छेहरु रहदा देशमा अधिनायकवाद हाबी हुने उनको भनाई थियो । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई पार्टी भित्रको व्याबस्थापनको कुरा पार्टी कार्यालय मै गर्न बरिष्ठ नेता पौडेलले आग्रह गरेका छन् ।

कांग्रेसका महामन्त्री शशांक कोइरालाले अहिलेको दुई तिहाइको सरकार भनेको ठुलो कुरा भएको बताउदै विधान समेत संशोधन गर्न सक्ने भएकोले कांग्रेस गम्भिर हुनु पर्नेमा जोड दिए । एक बर्षमा महिलेको सरकारले समृद्धिको कुरा गरेपनि हालसम्म कुनै काम गर्न नसकेको दाबी गर्दै उनले आगामी ४ बर्षमा पनि कुनै चमत्कार गर्न सम्भव नभएको जनाए । पार्टी एक ढिक्का भएर अघि बढे अबको निर्वाचनमा पहिलो पार्टी हुने उनको भनाइ थियो ।

उक्त सम्मेलनमा करिब ६० भन्दा बढी जिल्लाका कोषाध्यक्षहरुको सहभागिता भएको समितिका कोषाध्यक्ष लक्ष्मि पाण्डेले बताईन्। आर्थिक श्रोतलाई सृदृढ, समृद्ध, पारदर्शी र जवाफदेही बनाउन, विदेश पलायन युवालाई स्वदेशमै रोजगारको व्याबस्था गर्न पार्टी मार्फत सरकारलाई दबाब दिने, महंगी, हत्या, हिंसा, बलत्कार, भ्रष्टचार लगायतको मुद्धा लाई अघि बढाउन सरकार बिरुद्ध बिरोध गर्न सम्मेलन केन्द्रित हुने भएको समितिका अध्यक्ष गोविन्द पुडासैनीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button