पोखराको मानव सेवा आश्रममा सांसद गुरुङको सहयोग

पोखरा न्यूज – २८, चैत । नयाँ वर्ष २०७६ अवसरमा गण्डकी प्रदेश सदस्य मीना गुरुङले विहीबार मानव सेवा आश्रम, छोरेपाटनमा फलफूल वितरण गरि  सहयोग  गरेकी छन् ।

सो क्रममा उनले नयाँ वर्षको शुभकामना मन्तव्य दिँदै आफ्नोपनको महशुस गरी आश्रमले सडकमा बेवारिसे अवस्थामा रहेकाहरु लाई यसरी आश्रय दिएकोमा सो कार्यको प्रशंसा गरिन् । उनले आगामी दिनमा पनि यसरी नै सहयोग गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

सांसद गुरुङले आफूले सांसद भत्ता वापत पाउने रकम यसरी नै सामाजिक कार्यमा लगाउँदै आएकी छन् ।  गत वर्ष स्थापित मानव सेवा आश्रम कास्की शाखाले सडकमा बेबारिसे अवस्थामा रहेका असहायहरुलाई सेवा दिँदै आएकोे अभियन्ता राजन सापकोटाले जानकारी दिए ।

आश्रममा हाल करिब ६० जना आश्रित छन् । केही दिन अघि सांसद गुरुङले पोखरा–१६ स्थित वडास्तरीय अपांगता महासंघमा अक्षयकोष स्थापना सहयोगार्थ २१ हजार रुपैयाँ सहयोग गरेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button