पर्वतमा करेन्ट लागेर एकको मृत्यु

पोखरा न्यूज – २९, चैत । पर्वतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

भोजपुर जिल्ला टम्केमैयु गाउँपालिका-५ का अन्दाजी २१ बर्षिय डेबिट राईको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोदी गाउँपालिका-१ सरौमा माझँ किरात केबुल नेटवर्क प्रा.लिमा कार्यरत राईले लप्सीको बोटमा रहेको पुरानो केबुलको तार झिक्ने क्रममा विधुत सर्ट भई करेन्ट लागेर घटनास्थल मै  मृत्यु भएको प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार लप्सिको बोटभन्दा करिब ३० मिटर टाढा रहेको थ्रि फेजको लाईनमा विधुत सर्ट भएको थियो । घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले जानाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button