पोखरा पर्यटनको राजधानी घोषणा भए प्रदेशबाटै १० लाख पर्यटक भित्राउछौं : मुख्य मन्त्री गुरुङ

अपमान गरेको भन्दै आमा समुह रुष्ट

पोखरा न्यूज – २९, चैत । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले पोखरामा शुक्रबारदेखि शुरु भएको १६ औं संस्करणको फेवा नव बर्ष महोत्सवको उद्घाटन गर्दै  पोखरालाई पर्यटकीय राजधानिको रुपमा घोषणा भए नेपाल भ्रमण बर्षमा सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य राखेकोमा गण्डकी प्रदेशले ५० प्रतिशत अर्थात १० लाख पर्यटक भित्राउने बताएका छन् ।

गण्डकी प्रदेशले मन्त्रि परिषदबाट पोखरालाई पर्यटनको राजधानीको रुपमा घोषणा गर्न संघिय सरकार समक्ष माग गरे पनि हालसम्म घोषणा नभएकोमा गुनासो गर्दै मुख्य मन्त्री गुरुङले गण्डकी प्रदशेको राजधानि पोखरालाई पर्यटनको राजधानि घोषणा हुने प्रदेशमा उत्सव समेत बनाउने जनाएका छन्। पोखरालाइ पर्यटनको हर्बको रुपमा विकास गर्न पनि पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नुपर्ने उनको माग थियो ।

आगामी एक बर्ष भित्र गण्डकी प्रदेश सरकारले लगानी सम्मेलन गरी यस प्रदेशमा लगानीको वातावरण सृजना गर्ने उनले जनाए । उनले भने “ हालै नेपालमा भएको लगानी सम्मेलन पोखरामा हुने कुरा थियो तर पोखरामा एक हजार सिट क्षेमताको सभाहल नभएको हुदा काठमाण्डौंमा भएको हो, अब हामीले यस प्रदेशमा कम्तिमा एक हजार सिट क्षेमताको सभाहल निमार्ण गर्न खोजेका छौं, यसमा निजी क्षेत्रसंग सहकार्य गरी हामी अघि बढ्ने योजनामा रहेका छौं ।”

पोखरामा चिडियाखाना, व्यबस्थित बसोवास, व्यबस्थित सडक संजाल, हरियाली वातावरण लगायतका बिषयमा प्रदेश सरकार गम्भिर भएको मुख्य मन्त्री गुरुङले बताए । गण्डकी प्रदेशमा भएको अब्यबस्थित बसोवासलाई सहुलियतको अपाटमेन्ट सिस्टमा लैजाने योजना प्रदेश सरकारको रहेको उनले जनाए ।

गण्डकी प्रदेशका सांसद राजिव पहारीले फेवाताल संरक्षणको बिषयमा सर्वोच्च अदालतले दिएको निर्देशनलाई पालना गर्न आफुहरु कटिबद्ध भएको बताए । पोखराको पर्यटनको कुरा गर्दा फेवाताल विना अधुरो हुने जनाउदै फेवाताल संरक्षणमा सबै लाग्नु पर्ने बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिबी पोख्रेलले पोखरा जोड्ने विभिन्न सडक मार्गलाइ कम्तिमा ४ लेनको हुनु पर्ने बताए ।  नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखरालाई २४ घण्टा खुल्ने गरी वातावरण मिलाउन आग्रह गरे ।

पश्चिमाञ्चल होटल संघको आयोजनामा संचालन भएको उक्त महोत्सवमा ११ भेज र ११ ननभेज गरी २२ थरिका खानाका परिकार उपलब्ध भएको संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले बताए ।

प्रगती आमा समुहका अध्यक्ष बिष्णु केसीले उक्त कार्यक्रमको उद्घाटन सत्रमा एक जना महिलालाई पनि स्टेजमा नराखेको भन्दै गुनासो गरेकी छन्। उनले महिलाहरुलाई र्यालीमा प्रयोग गरी मनोरन्जनको साधनको रुपमा कठपुतलीको रुपमा प्रयोग नगर्न चेतावनी दिएकीछन् ।

अपमान गरेको भन्दै आमा समुह रुष्ट

यसै बिच फेवा नव बर्ष महोत्सवको उद्घाटन सत्रमा आमा समुह तथा महिलाहरुलाई उचित सम्मान गर्न नसकेको भन्दै महिलाहरु रुष्ट भएका छन्। उद्घाटन सत्रको अवसरमा विभिन्न व्यक्तिहरुको नाम उच्चाहरण गरी रहदा ३६ वटा महिला तथा आमा समुहको नाम समेत नलिएको भन्दै महिलाहरुले कार्यक्रमबाट आफ्नो गन्तव्यमा हिडेसंगै आयोजक सहित पर्यटन व्यवसायीले माफी माग्दै कार्यक्रममा बस्न आग्रह गरे पश्चात उनीहरु कार्यक्रममा फर्किएका हुन्।

सांसद राजिव पहारी, संघका निवर्तमान अध्यक्ष भरतराज पराजुली, रेवान पोखराका अध्यक्ष भिमसेन भुजेल, पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत पहारी लगायतले माफि माग्दै हातै जोडेर आमा तथा महिला समुह माझ कार्यक्रममा बस्न आग्रह गरेका थिए । संघका महासचिव गणेश पहारी तथा चर्चीत लोकदोहारी गायक प्रजापती पराजुलीले समेत आमा तथा महिला समुह माझ माफी माग्दै कार्यक्रममा बस्न आग्रह गरेका थिए ।

करिब एक घण्टा ढिलो सुरु भएको उद्घाटन सत्रमा ३० जना भन्दा बढीको नाम आसन ग्रहण गरी रहदा एक जना महिलालाई पनि मन्चमा राख्न नसकेको र आमा तथा महिला समुहको नाम नलिएकोमा महिलाहरु रुष्ट भएका थिए । विहानको खाना समेत नखाई प्रचण्ड गर्मीका बाबजुत कार्यक्रममा सहभागि हुदा आफुहरुलाई आयोेजकले सम्मान गर्न नसकेकोले आफुहरु आफ्नो बाटो लागेको खहरे आमा समुहका अध्यक्ष मैया थापा भट्टराइले बताइन। उनले भनिन“ हामीले हाम्रो घर आगनमै भएको कार्यक्रमलाई सफल पारौं भनेर खाइ नखाई कार्यक्रममा सहभागी हुदा हाम्रो संस्थाको नाम समेत लिन नसके पछि हामी हाम्रो कार्यक्रम हो भनेर बस्नुको अर्थ नभएर हामी हिडेका थियौं तर आयोजक सहित पर्यटन व्यवसायीले माफी मागेकोले हामी पुनः कार्यक्रममा सहभागी भएका हौं । ”

नेपाली नषाँ बर्षको अवसरमा बैदामको कोमागाने पार्कमा वैशाख एक गतेसम्म संचालन हुने उक्त महोत्सवमा खाना, संस्कृति र संगीतलाई विशेष जोड दिएको महासचिव पहारीले बताए । महोत्सवमा सांस्कृतिक झाँकी प्रतियोगिता र गण्डकी प्रदेशस्तरीय नृत्य प्र्रतियोगिता, पर्यटक दौड प्रतियोगिता, लोक दोहोरी कार्यक्रम, वालउद्यान, पप कन्सर्ट लगायतका कार्यक्रम रहेको उनले जनाए । संघ अन्तर्गतका सदस्य होटलको मेन्युमा १५ प्रतिशत छुट दिने भएको संघले जनाएको छ ।

नेपाल पर्यटन बोर्डका सदस्य एवं नेपाल भ्रमण बर्ष २०२० कार्यक्रम कार्यान्वयन समितिका सदस्य समेत रहेका विप्लव पौडेलले फेवा महोत्सवको अवसरमा चैत ३० गते भ्रमण बर्षको शुभारम्भ पोखराबाटै हुने बताए । छोटो समयमा शुभारम्भ हुने उक्त कार्यक्रममा सहभागिताको लागि आग्रह गरेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button