पोखराको नहरकुलामा एक महिलाको शव भेटियो

पोखरा न्यूज – ३०, चैत । पोखराको नहरकुलामा एक महिलाको शव भेटिएको छ ।

शनिबार दिउसो करिब ३ बजेको समयमा पोखरा महानगरापालिका वडा नम्बर १४ र १० जोड्ने नहर कुलामा करिब ५५ बर्षीय  महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

उनको शव पोष्माटमको लागि हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ । उक्त शवको हाल सम्म पहिचान हुन नसकेको वडा प्रहरी कार्यालय रामजारका प्रहरी प्रमुख प्रहरी निरिक्षक दीपक केसीले बताए । शवमा खासै चोटपटक भने नदेखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button