पोखराबाट भ्रमण वर्ष २०२० को शुभारम्भ

पर्यटनबाट गण्डकी प्रदेशको गरिबी निवारण हुन्छः मुख्य मन्त्री गुरुङ

पोखरा न्यूज – ३०, चैत । २० लाख पर्यटक भित्राउने लक्ष्य सहित नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० को शुभारम्भ पोखराबाट सुरु भएको छ । पोखराको फेवाताल स्थित कोमागाने पार्कमा संचालन भएको फेवा नव बर्ष महोत्सव २०७६ को अवसरमा नेपाल भ्रमण बर्षको ‘सफ्ट लन्चिङ’ गरिएको नेपाल भ्रमण बर्ष २०२० कार्यक्रम कार्यान्वयन समितिका सदस्य एवं नेपाल पर्यटन बोर्डका सदस्य विप्लव पौडेलले बताए ।

पोखरालाई पर्यटकीय राजधानिको रुपमा घोषणा गर्न थप मद्धत पुग्ने गरी उक्त कार्यक्रमको शुभारम्भ भएको उनले बताए । उनले भने “ प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छाअनुसार हामीले पोखरामा हतारमा नेपाल भ्रमण बर्षको ‘सफ्ट लन्चिङ’ गरिएको हो, सरकारसंग व्यवसायीको सहकार्य र एकता आवश्यक पर्छ । ” गण्डकी प्रदेशका मुख्य मन्त्री पुथ्बीसुब्बा गुरुङले एक समारोहका बिच शनिबार साँझ नेपाल भ्रमण बर्षको ‘सफ्ट लन्चिङ’ गर्दै नेपाल सरकारले उक्त कार्यक्रमको शुभारम्भ पोखराबाट गर्ने अवसर दिएकोमा धन्यवाद दिए । पोखरालाई अब भने पर्यटनको राजधानिको रुपमा संघिय सरकारले घोषणा गर्ने विश्वास व्यक्त गरेकाछन्।

उनले भने “ हामीले हाम्रो गण्डकी प्रदेशको आर्थिक समृद्धिको पहिलो आधार पर्यटन भनेर लागेका छौं, यसमा संघिय सरकारले पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषणा गर्न सके हामीले थप पर्यटनबाट यहाँको आर्थिक विकास र समृद्धि हासिल गर्न सक्छौं । ” गण्डकी प्रदेशको गरिबी निवारण गरी उत्पादनमा जोड दिन पनि प्रदेश सरकार लागेको उल्लेख गर्दै मुख्य मन्त्री गुरुङले आगामी ५ बर्षमा ३० हजार ग्रामिण क्षेत्रमा पर्यटनबाट रोजगार दिलाउन सकिने गरी प्रदेश सरकारले होमस्टे प्रबद्र्धन कार्यक्रम ल्याएको जनाए । चिन र भारत दुई देशबाट पर्यटक भित्राउन २०२० मा प्रदेश सरकारले छिमेकी पर्यटन भ्रमण बर्ष समेत घोषणा गरेको बताउदै मुख्य मन्त्री गुरुङले आगामी बर्षमा लगानी सम्मेलन समेत गरेर अबौं लगानी भित्राउने जनाए । २०२२ मा गण्डकी प्रदेशले २० लाख पर्यटक भित्राउने उनले दाबी गरे ।

अन्तराष्ट्रिय सम्वन्ध समितिका सभापति पवित्रा निरौलाले आन्तरिक पर्यटकहरुलाई बढी केन्द्रित गर्न आग्रह गरिन । नेपाल सरकारले एक सय वटा पर्यटन गन्तव्यहरुको घोषणा गरेसंगै त्यहाँको पर्यटन पुर्वाधारमा के गर्न सकिन्छ त्यसको बारेमा आफुहरुले अध्ययन अनुसन्धार निर्देशन दिने भएको बताइन् ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशमा पर्यटन प्रबद्र्धन गर्न पर्यटन पुर्वाधार निमार्ण गर्नुपर्नेमा जोड दिए । स्वदेशी उत्पादनलाई प्रबद्धन गरी आगन्तुक पाहुनालाई स्वागत सत्कार गर्न निजी क्षेत्रले महत्वपूर्ण भुमिका खेल्नु पर्ने उनको भनाइ थियो ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटाले पर्यटन क्षेत्रबाट हाल ७० अर्बको राष्ट्रिय योगदान पुगेको बताउदै आमामी ४ बर्षमा दोब्बर पार्नुपर्नेमा जोड दिए । आगामी ४ बर्ष भित्र १० लाख पर्यटन क्षेत्रमा रोजगार सृजना गर्नुपर्ने उनको भनाई थियो । बस्तु र सेवा गाँउसम्म पर्यटनको मार्फत जोड्दै गाँउ गाँउमा पर्यटनबाट आर्थिक विकासको लहर ल्याउनु पर्ने सचिव सापकोटाको भनाई छ । तीन तहका सरकारले नेपाल भ्रमण बर्षलाई सफल पार्न लाग्न आग्रह गरे ।

नेपाल भ्रमण बर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले पर्यटकहरुसंग के लिने भन्दा पनि हामीले पर्यटकलाई के दिने भन्ने ढंगले अगाडी बड्नु पर्नेमा जोड दिए । नेपाल भ्रमर्ण बर्ष २०२० का संयोजक सुरज बैद्यले नेपालमा पर्यटन प्रबद्र्धन गर्नको लागि हवाई सेवालाई ब्यबस्थित पार्न लागेको बताए । काठमाण्डठौको अन्तराष्ट्रिय विमानस्थललाई नेपालीपन झल्कने गरी वुटिक विमानको रुपमा विकसित गर्न लागेको उनले जनाए । व्यवसायी दिव्यमणि राजभण्डारीले पर्यटन मन्त्री रविन्द्रले पोखरा सहित नेपालको पर्यटन प्रबद्र्धनमा गर्न खोजेका अपुरा काम सवै मिलेर गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button