पोखराको औद्योगिक क्षेत्रमा एक पुरुष मृत फेला 

पोखरा न्यूज – ०२, बैशाख । पोखरा महानगरपालिका-१० मा आज एक पुरुष मृत फेला परेका छन् ।

मोरङ भट्टिमोड स्थायी घर भएका ५२ वर्षीय हरेन्द्र चौधरी आज मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पोखरास्थित औद्योगिक क्षेत्रभित्र टेन्ट टाईलमा काम गर्दै आएका चौधरी बिहान काममा नआएपछि उनका साथीहरुले हेर्न जाँदा सुतेकै स्थानमा मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले जानकारी दिए ।

घटनाको विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button