पोखरा-२९ मा  मोटरसाइकलले कारलाई ठक्कर दिदा ३ घाइते

पोखरा न्यूज – ०५, बैशाख । पोखरा-२९ सैनिकबस्तीमा मोटरसाइकलले कारलाई ठक्कर दिदा मोटर साइकलमा सवार ३ जना घाइते भएको प्रहरीले जनाएको छन् ।

ग १२ प ३०५० नम्बरको मोटरसाइकलले बा १० च ६४७१ नम्बरको कारलाई पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी प्रहरी प्रवक्ता गोबिन्द पुरीले जानकारी दिएका छन् । पुरीका अनुसार मोटरसाइकलमा ३ जना सवार थिए ।

घाइते हुनेमा  धादीङ बेनीघाट गाउँपालिका-८ घर भई हाल पोखरा-१४ चाउथे बस्ने  ३२ बर्षिय  बिनोद मरठ्ठा, २६ वर्षिय दिल गुरुङ र  २८ वर्षिय सुर्य मरठ्ठा  छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लागिएको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button