श्रीलंकामा शृङ्खलाबद्ध विस्फोट : दर्जनौंको मृत्यु, सयौं घाइते

पोखरा न्यूज – ०८, वैशाख । क्रिश्चियन समुदायको पर्व इस्टर सन्डेको दिन पारेर श्रीलंकाको चर्च र होटेलहरुमा भएको विस्फोटमा दर्जनौं मानिसको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् ।

तीन वटा चर्च र तीन वटा होटेलमा ६ शृङ्खलाबद्ध विस्फोट भएका थिए । पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थिए ।

चर्चमा बिस्फोट भएलगत्तै राजधानीका तीनवटा होटलमा पनि आक्रमण भएको प्रहरीले जनाएको छ । राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन् ।

श्रीलंकन अधिकारीहरुले विस्फोटमा थुप्रै विदेशी पर्यटकहरु पनि परेको आशंका गरेका छन् । समाचार संस्था र्वेटर्सले ५० भन्दा बढीको मृत्यु भएको श्रीलंकन अधिकारीलाई इङ्गित गर्दै उल्लेख गरेको छ भने भारतीय संचार माध्यमले १०० भन्दा बढीको ज्यान गइसकेको बताएका छन् ।

घटनाको सम्भावित कारणका बारेमा श्रीलंकन प्रहरीले केही जनाएको छैन भने घटनाको कसैले जिम्मेवारी पनि लिएको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button